नक्कली नागरिकता मुद्धामा धरौटीमा छुटेका शंकर, किर्ते राहदानी मुद्धामा फेरी पक्राउ


आँधीखोला खबर/स्याङ्जा :

नक्कली नागरिकता मुद्धामा धरौटीमा छुटेका शंकर श्रेष्ठलाई प्रहरीले पुन ः राहदानी किर्ते गरेको आरोपमा पक्राउ
गरेको छ ।
कास्कीको पोखरा महानगरपालीका वडा नं। १७ बस्ने डिल बहादुर श्रेष्ठको छोरा शंकर श्रेष्ठले नाम, ठेगाना परिबर्तन गरि स्याङजाको साविक आरुखर्क गा।वि।स।वडा नं। ८ बस्ने बाबु सर्वजित सुनारको छोरा शंकर सुनार हुँ भनि झुठ्ठा बिवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङजाबाट नागरिकता निकालेका थिए ।

अनुसन्धानका क्रममा स्याङ्जाको आँधिखोला गा।पा। ४ बस्ने बर्ष ७६ को सर्वजित सुनार र तत्कालिन वडा सचिव फेदिखोला गा।पा। ४ बस्ने ६१ बर्षीय चेतनाथ पौडेल र शंकर सुनार भन्ने शंकर श्रेष्ठमाथि माथि मुद्धा दर्ता गरेको थियो ।
ूनागरिकता सम्बन्धी कसुर ू मुद्धामा स्याङ्जा जिल्ला अदालतको आदेशले चेतनाथ पौडेल र सर्वजित सुनार जनही रु ३र३ लाख धरौटी दाखिला गरी तारेखमा छुटेका थिए । उक्त मुद्धामा तत्काल फरार रहेका प्रतिवादी शंकर सुनार भन्ने शंकर श्रेष्ठलाई खोजतलास गर्ने क्रममा बुधवार नियन्त्रणमा लिई अदालत समक्ष पेश गरिएको थियो । जसमा उनी ४ लाख धरौटी बुझाएर छुटेकोमा उनी पुन पक्राउ परेका हुन् । नक्कली नागरिकतका आधारमा राहदानी लिएको प्रमाणित भए सँगै उनलाई पक्राउ गरिएको जिल्ला प्रशरी कार्यालय स्याङ्जाका प्रवक्ता एबं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
श्रेष्ठलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP