वालिङमा मेयर र उपमेयर कप भलिवल प्रतियोगिता शुरु

श्रीकृष्ण सिग्देल स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकामा दोस्रो मेयर कप वडा स्तरीय भलिवल प्रतियोगिता र प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता शुरु भएको छ । नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिता २० गते सम्म संचालन हुनेछ । हरेक वडा—वडामा आयोजना हुनेगरी आयोजना गरिएको मेयर—उपमेयर कप खेलकुद यो पटक भने समितिले १ नम्वर वडामा शुरु गरेको छ । खेलबाट नगरपालिकालाई चिनाउने उदेश्यले समितिले हरेक वडा—वडामा पुगेर यो प्रतियोगिता संचालन गर्ने आयोजकले जनाएको छ । विगतका बर्षहरुमा आयोजना हुने प्रतियोगिता वालिङ खेलमैदानमा हुने गरेपनि यो पटकबाट भने हरेक वडामा आयोजना हुने गरी प्रतियोगिता संचालन गर्न लागेको वालिङ नगर खेलकुद विकास समितिका संयोजक एलपी ज्वारचनले जानकारी दिनुभयो ।
दोस्रो मेयर कप र प्रथम उपमेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद, विकासका लागि खेलकुद र राष्ट्र चिनाउनका लागि खेलकुद भन्ने नारा सहित शुरु भएको यो प्रतियोगिताले वालिङलाई चिनाउन महत्वपूर्ण भुमिका हुने खाँणले बताउनु भयो । हरेक वडामा खेलमैदान बनाएर खेलक्षेत्रको संरक्षणमा नगरपालिका लागेको छ खाँणले भन्नुभयो,“खेलकुद राष्ट्रको गहना हो यसलाई स्थानीयतह बाटै जोगाई राख्नु आवश्यक छ ।” खेलकुदाको माध्यमबाट युवा युवतीहरुलाई स्वास्थ्य र अनुशासन बनाउन नगरपालिका चाहान्छ खाँणले भन्नुभयो । खेल क्षेत्रलाई संरक्षण गर्न वालिङका युवाहरुले देखाएको भुमिका महत्वपूर्ण रहेको खाँणको भनाई थियो ।
४ दिन सम्म चल्ने प्रतियोगितामा वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, १४ का अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, खेलकुद नगर विकास समितिका सदस्य पदमराज गुरुङ, संयोजक एलपी ज्वारचन र सदस्य शमशेर गुरुङ लगायतका बक्ताहरुले यो प्रतियोगिताले वालिङ नगरपालिकाको खेलाडी चुन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी बनाउने उदेश्य रहेको बताएका थिए । शुभारम्भमा वडा नम्वर ६, १० र ५ ले विजयी हासिल गरेका छन् ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…