भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता अनुशार नै अख्तियारको कदम: मन्त्री अर्याल
आँधीखोला खबर/स्याङ्जा :
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको बताउनु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री अर्यालले भन्नुभयो, सरकार भ्रष्टाचार शुन्यमा झार्ने गरी अगाडि बढिरहेको छ ।
मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता अन्तर्गत नै भर्खरै अख्तियारमार्फत नयाँ कदम चालेको मन्त्री अर्यालको तर्क छ ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उहाँले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्नेमा जोड दिनुभयो । शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने मन्त्री अर्यालको भनाई छ ।
विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुँदैन । विस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने सरकारको लक्ष्य रहेकोे भन्दै मन्त्री अर्यालले सोही लक्ष्य भेट्ने गरी सबैलाई अगाडि बढ्न आग्रह गर्नु भयो ।
मन्त्री अर्यालले आजै हरिनास गाँउपालिकाको छैठौं गाँउसभा तथा हिउदे अधिबेशनको समेत उद्घाटन गर्नु भएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


