तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न
आँधीखोला खबर/भीरकोट :
तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ मंगलबारबाट शुरु भएको खेलकुद प्रतियोगिता सकिएको हो ।
मेयरकप खेलकुद प्रतियोगितामा भलिबल, फुटबल र क्रिकेट गरी ३ विधामा प्रतियोगिता भएको थियो । भलिबल प्रतियोगिताको उपाधि सुर्योदय युवाक्लब भीरकोट ९ ले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा सुर्योदयले जनएकता युवाक्लब ढापुक ८ लाई पराजित गरेको हो । प्रतियोगितामा लालीगुँरास युवाक्लब भीरकोट २ तेस्रो भएको छ भने आँधीखोला पिस युथ क्लब सान्त्वना भएको छ ।
यसैगरी फुटबल प्रतियोगितामा बयरघारी १ को समुह प्रथम भएको छ भने करूङ बयरघारी मुस्लिम युवा क्लब द्धितिय बनेको छ । त्यस्तै क्रिकेट तर्फको उपाधी बयरघारी युवाक्लबले जितेको छ भने बयघारी क्रिकेट क्लब द्धितिय बनेको छ ।
मेयर कपका विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले नगरपालिकाले खेलाडीको सदैव संरक्षण गर्ने बताउनु भयो । विद्यार्थी तथा खेलाडीहरुको प्रतियोगितामा उत्साहजनक सहभागीता रहेको भन्दै खेल र खेलाडीको हितमा बजेट बिनियोजन गर्ने स्पष्ट पार्नु भयो ।
प्रतियोगिताको भलिबलतर्फ १७ टिमको सहभागिता थियो भने फुटबलमा ९ र क्रिकेटमा ८ टिमको सहभागिता रहेको थियो । नगर खेलकुद बिकास समितिा संयोजक भिमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


