तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न

आँधीखोला खबर/भीरकोट :
तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ मंगलबारबाट शुरु भएको खेलकुद प्रतियोगिता सकिएको हो ।
मेयरकप खेलकुद प्रतियोगितामा भलिबल, फुटबल र क्रिकेट गरी ३ विधामा प्रतियोगिता भएको थियो । भलिबल प्रतियोगिताको उपाधि सुर्योदय युवाक्लब भीरकोट ९ ले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा सुर्योदयले जनएकता युवाक्लब ढापुक ८ लाई पराजित गरेको हो । प्रतियोगितामा लालीगुँरास युवाक्लब भीरकोट २ तेस्रो भएको छ भने आँधीखोला पिस युथ क्लब सान्त्वना भएको छ ।
यसैगरी फुटबल प्रतियोगितामा बयरघारी १ को समुह प्रथम भएको छ भने करूङ बयरघारी मुस्लिम युवा क्लब द्धितिय बनेको छ । त्यस्तै क्रिकेट तर्फको उपाधी बयरघारी युवाक्लबले जितेको छ भने बयघारी क्रिकेट क्लब द्धितिय बनेको छ ।
मेयर कपका विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले नगरपालिकाले खेलाडीको सदैव संरक्षण गर्ने बताउनु भयो । विद्यार्थी तथा खेलाडीहरुको प्रतियोगितामा उत्साहजनक सहभागीता रहेको भन्दै खेल र खेलाडीको हितमा बजेट बिनियोजन गर्ने स्पष्ट पार्नु भयो ।
प्रतियोगिताको भलिबलतर्फ १७ टिमको सहभागिता थियो भने फुटबलमा ९ र क्रिकेटमा ८ टिमको सहभागिता रहेको थियो । नगर खेलकुद बिकास समितिा संयोजक भिमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP