तेस्रो लत्रेपिपल बृहत साँस्कृतिक मेला हुने

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका ३ मा फागुन ९ र १० गते लत्रेपिपल बृहत सास्कृतिक मेला हुने भएको छ । दुईदिनसम्म बिबिध कार्यक्रम सहित सम्पन्न गरिने लत्रेपिपल क्लवद्धारा आयोजित पत्रकार एवं नागरिक समाज मार्फत जानकारी दिइएको हो । लत्रेपिपल क्लवद्धारा आयोजनामा गरिन लागिएको यो तेस्रो संस्करण हो ।
स्थानीय कलाकारको प्रोत्साहन गर्दै नेपाली कला, संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम एवं छेलो हान्ने प्रतियोगिता गरिने अध्यक्ष धुव शर्माले जानकारी दिनुभयो ।
नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन समेत यस्ता मेलाले सहयोग पुग्ने बताईएको छ । पुतलीबजार नगरपालिका ३ स्थित ढडुवामा आयोजना गरिने भएको २ दिने बृहत सास्कृतिक कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था छ । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रि स्तरमा समेत ख्याती कमाउन सफल दर्जनौं कलाकारले आ आफना कला प्रस्तुत गर्ने भएका छन् ।
मेलामा लोक तथा आधुनिक गायन, नृत्य, हास्य कलाकारको प्रस्तुती एवं स्थानीय बिद्यालयको नृत्य, स्थानीय ब्याण्डको सांस्कृतिक कार्यक्रम, छेलो हान्ने प्रतियोगिता, गण्डकी मेडिकल कजेलद्धारा निशुल्क स्वास्थ्य परिक्षण, बिभिन्न सहयोगी तथा बिशेष ब्यक्तिलाई सम्मान एवं अभिनन्दन कार्यक्रम गरिने भएको उपाध्यक्ष पूर्ण विकले बताउनुभयो ।


बि.एण्ड वि. लेक भ्यू अपार्टमेन्ट तथा पृथ्वी इन्टरनेशनल तेस्रो लत्रेपिपल बृहत सास्कृतिक मेला २०७६ नामबाट संचालित मेलामा २० लाख १० हजारको आम्दानी गर्दे ७ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । मेलाबाट वचत रकम सोही वडामा रहेको टारीको भित्ता भन्ने स्थानमा रहेको करिब ४ रोपनी जग्गामा लत्रेपिपल बहुउदेश्यीय सामुदायिक भवन र कृषि उपज संकलन तथा बिक्री केन्द्र एवं हरियाली पार्क निर्माण गर्ने लक्ष्य लिइएको मेला संयोजक प्रहलादजंग मरासीनीले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, सदस्य तेजप्रसाद शर्मा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङजा रेडियो टीभी प्रमुख रमेश गोदार, समाजसेवी दिर्घनारायण शर्मा, पुण्यशिला बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजी उपाध्याय, प्रधानाध्यापक लेखनाथ शर्मा, इन्जिनियर रमेश शर्मा लगायतले शुभकामना ब्यक्त गर्दे मेलालाई आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
लत्रेपिपल क्लवका अध्यक्ष धु्रव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्णबहादुर विकले स्वागत सचिव मोतीप्रसाद मरासीनीले धन्यवाद एवं सहसचिव रुद्र विकले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP