तेस्रो लत्रेपिपल रमाइलो मेला : समृद्धीको बाटोमा सवै एक हुनुपर्ने : प्रमुख क्षेत्री
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले सांस्कृतिक एवं विकासका पक्षलाई जोडदै गरिएको मेला समय सान्दर्भिक भएको र समृद्धीको वाटोमा हामी सबै एक हुनुपर्नेमा जोड दिनुभयो । क्लवले सामाजिक क्षेत्रमा काम गर्दे आएको बताउदै क्लवसंग हातेमालो गर्दे विकास निर्माणका काममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
पुतलीबजार नगरपालिका ३ स्थित लत्रेपिपल क्लवद्धारा आयोजित तेस्रो रमाइलो मेला तथा छेलो हान्ने प्रतियोगिताको शुक्रवारबाट उदघाटन गर्दे प्रमुखले आफनै वडामा संचालित मेलाले आफुलाई झनै हर्षित तुल्याएको बताउनुभयो ।
वी. एण्ड वी. लेक भ्यू अपार्टमेन्ट पोखराको मुख्य प्रायोजन र पृथ्वी इन्टरटेनमेन्ट काठमाण्डौं र ढोरबराही ज्वेलर्श पृथ्वीचोक पोखराको बिशिष्ट प्रायोजनमा तेस्रो रमाइलो मेला गरिएको हो । क्लवले स्थापनाकालदेखि आफनै वडामा बर्षेनी रमाइलो मेला सहित बिबिध सांस्कृतिक कार्यक्रमका साथै स्थानीय खेल प्रतियोगिता गर्दै आएको छ ।
कार्यक्रममा वडा न. ५ का अध्यक्ष रामचन्द्र रेग्मी, वडा नं. ३ का कार्यवाहक अध्यक्ष तेजप्रसाद उपाध्याय, भ्रमण बर्ष २०२० प्रदेश सदस्य अनन्तकुमार श्रेष्ठ, क्लवका कोषाध्यक्ष मनोज मल्ल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दे क्लवको लक्ष्य र उदेश्यलाई पुरा गर्न आफुहरुले सहयोग गर्ने बताउनुभयो ।
क्लवका अध्यक्ष धु्रव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्णबहादुर विकले स्वागत एंव सचिव मोतीप्रसाद मरासीनीले संचालन गर्नुभएको थियो । दुई दिने महोत्सवको पहिलो दिन शुक्रवार घनश्याम रिजाल, खुमन अधिकारी, नेत्र खडका, सम्झना भण्डारी, सीता केसी, कृष्ण पौडेल, यम नेपाली, हास्यकलाकार पोखरेली माग्नेबुढा धुमु्रुस र नृत्यतर्फ सगुन थापाले आ आफना प्रस्तुती गर्नुभएको थियो ।
यसैगरी, मेलाको दोश्रो दिन शनिवार नेपालका चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणी परिवार, लोकगायनतर्फ पशुपति शर्मा लगायत रमेशराज भट्टराई तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ । साथै, गण्डकी मेडिकल कलेज पोखराको स्वास्थ्यकर्मीवाट निशुल्क रगत परिक्षण गरिएको छ । मेलाबाट बचत रकमले बहुउदेश्यीय भवन तथा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्ने क्लवले जनाएको छ ।
यसैगरी, पत्रकार गोबिन्द मरासीनीलाई सम्मान गरिएको छ । वडा न ३ मा जन्मी काठमाण्डौंमा बसेर पत्रकारिता गर्नुभएका नया पुस्ता डट कमका संचालक एवं पत्रकार मरासीनीलाई सम्मान गरिएको हो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …