शिक्षा क्षेत्रका धरोहर समाजसेवी प्रेम नारायण अर्यालको निधन
आँधीखोला खबर/स्याङजा :
शिक्षाविद प्रेम नारायण अर्यालको ७४ बर्षको उमेरमा निधन भएको छ । स्याङजा जिल्लाको शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएका अर्यालको काठमाण्डौंमा उपचारका क्रममा सोमवार निधन भएको हो । अर्याल विगत १ महिना देखि टियु शिक्षण अस्पतालमा फोक्सोको उपचार गराईरहनु भएको थियो ।
कालिका मावि तथा कालिका क्याम्पस हेलुका पूर्ब प्राचार्य स्वर्गीय अर्यालले पूर्णामृत भवानी लगायतका बिद्यालयमा शिक्षण गर्नु भएको थियो ।
वालिङको पाईनिअज हायर एजुकेशन एकेडेमी तथा पाईनिअज क्याम्पसका संस्थापक अध्यक्ष अर्याल, कालिका सामुदायिक अस्पताल हेलुका संस्थापक अध्यक्ष,शिक्षक संघ स्याङ्जाका पूर्ब अध्यक्ष समेत रहनु भएको थियो । झण्डै १ दर्जन संघसंस्थामा कुशलता पूर्बक नेतृत्व प्रदान गरेकाले स्वर्गीय अर्याललाई स्याङ्जामा अग्रणी व्यक्तित्वका रुपमा लिने गरिन्छ ।
२००२ सालमा साविकको खिलुङकालिकाको बलमाटामा जन्मनु भएका अर्याललाई आदर्श र शिक्षाको धरोहरका रुपमा हेरिने गरिन्थ्यो ।
अर्यालको निधनले स्याङ्जाको शिक्षा क्षेत्रमा अपुरणीय क्षेती पुगेको पाईनिअज हायर एजेकेशन एकेडेमीका प्रिन्सीपल मेघराज गैह्रेले बताउनु भयो । पाईनिअजलाई अहिलेको अवस्थामा ल्याउन अर्यालको अमुल्य योगदान रहेको भन्दै प्रिन्सीपल गैह्रेले आफूहरुले एक अशल अभिभावक गुमाएको बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


