कालीगण्डकी गाउँपालिका जेष्ठ नागरिक सम्मान

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कालीगण्डकी गाउँपालिका भित्रका सात वडा वडामा विभिन्न कार्यक्रमका साथ जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई तिव्रता दिएको छ ।
त्यसै क्रममा वडा नं ७ को कार्यक्रमको उद्घाट्न गर्दै प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले जेष्ठ नागरिकहरुका लागि कालीगण्डकी गाउँपालिकाले वृद्वाश्रम निर्माण गर्न नपरोस् भन्दै हरेक परिवारले जेष्ठ नागरिकको भावनालाई बुझेर काम गर्न आग्रह समेत गर्नु भयो ।
उहाँले जेष्ठ नागरिक भनेका हामीलाई लालन पालन गर्ने जन्म दिने हुर्काउने भगवान जस्तै भएको बताउदै भगवानको सेवामा तलिन हुन समेत आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो हामीले आफूलाई यो पवित्र संसार देखाउने बावुआमाको सेवा एक चित्तका साथ लाग्नु पर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा टिकीसरा भट्टराईले जेष्ठनागरिक सम्मान कार्यक्रमले डाडाँमाथीका माघ भईसकेको अनुभवका खानीहरुलाई बाच्ने प्रेरणा र उर्जा मिल्ने कुरा बताउनु भयो ।
कार्यक्रममा वडा नं ७ भित्र ८० वर्ष भन्दा माथीका ५२ जना जेष्ठ नागरिक रहेको र ५० जनालाई न्यानो कपडा, हर्लिक्स,सर्बौत्तम पिठो लगाएतले सम्मान गरिएको थियो ।
कालीगण्डकी गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडासदस्य याम बहादुर थापाले र कार्यक्रमको सञ्चालन कृषि प्राविधिक लालीसरा थापाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…