शिक्षाले हरेक मानिसलाई इमान्दार बनाउँछ :प्रहरी नायब महानिरक्षक कमल जि.टी
गोपिकृष्ण रेग्मी/ गल्याङ :
शिक्षाले हरेक मानिसलाई इमान्दार बनाउने भएकाले शिक्षालाई महत्वका साथ हेर्नु पर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक कमल जिटीले बताउनु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वाड नं ९ स्थित जानकी माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले आफूले दूःख गरेर पढेको स्मरण गराउदै अहिलेका बालवालिकाहरुलाई समयानुकुल र व्यवहारिक शिक्षासँग जोडिन सहज होस भनेर एक थान कम्प्यूटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गल्याङ नगरपालिका वडा नं ८,९ र १०का लागि शान्ति सुरक्षालाई मध्यनजर गरेर प्रहरी चौकी स्थापना गर्ने अभियानमा पनि साथ र सहयोग गर्ने कुरा बताउनु भयो । विद्यालयको भूतपूर्व शिक्षक समेत रहनुभएका उहाँले विदयालय र समाजको विकास निर्माण अभियानमा आफ्नो साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा संघिय खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजनाका लेखाअधिकृत विष्णु प्रसाद खनालले सवैको साथ र सहयोगले विद्यालयको भौतिक पूर्वधारमा सहयोग पुगेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं ९ का वडाअध्यक्ष हरिलाल खनाल,प्रधानमन्त्री कार्यालय अन्र्तगत आन्तरिक राजस्व अनुसन्धान कार्यालयका अधिकृत गणेश प्रसाद खनाल,गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाई, पक्वादी भञ्ज्याङ माविका पूर्व प्रअ तिलक राम उपाध्याय,गल्याङ नगरपालिका वडा नं ९का वडा सदस्यहरु डोलराज भण्डारी, अमर डिसुवा, विष्णु कुमारी खनाल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाई समिति गल्याङका संस्थापक सभापति सूर्य प्रसाद चापागाई, वडा नं १० का नेपाली कांगे्रसका सभापति टिकाराम खनाल समाजसेवी नामादेव खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।शिक्षाले हरेक मानिसलाई इमान्दार बनाउँछ ःप्रहरी नायब महानिरक्षक कमल जि.टी गोपिकृष्ण रेग्मी शिक्षाले हरेक मानिसलाई इमान्दार बनाउने भएकाले शिक्षालाई महत्वका साथ हेर्नु पर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक कमल जिटीले बताउनु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वाड नं ९ स्थित जानकी माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले आफूले दूःख गरेर पढेको स्मरण गराउदै अहिलेका बालवालिकाहरुलाई समयानुकुल र व्यवहारिक शिक्षासँग जोडिन सहज होस भनेर एक थान कम्प्यूटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गल्याङ नगरपालिका वडा नं ८,९ र १०का लागि शान्ति सुरक्षालाई मध्यनजर गरेर प्रहरी चौकी स्थापना गर्ने अभियानमा पनि साथ र सहयोग गर्ने कुरा बताउनु भयो । विद्यालयको भूतपूर्व शिक्षक समेत रहनुभएका उहाँले विदयालय र समाजको विकास निर्माण अभियानमा आफ्नो साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा संघिय खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजनाका लेखाअधिकृत विष्णु प्रसाद खनालले सवैको साथ र सहयोगले विद्यालयको भौतिक पूर्वधारमा सहयोग पुगेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं ९ का वडाअध्यक्ष हरिलाल खनाल,प्रधानमन्त्री कार्यालय अन्र्तगत आन्तरिक राजस्व अनुसन्धान कार्यालयका अधिकृत गणेश प्रसाद खनाल,गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाई, पक्वादी भञ्ज्याङ माविका पूर्व प्रअ तिलक राम उपाध्याय,गल्याङ नगरपालिका वडा नं ९का वडा सदस्यहरु डोलराज भण्डारी, अमर डिसुवा, विष्णु कुमारी खनाल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाई समिति गल्याङका संस्थापक सभापति सूर्य प्रसाद चापागाई, वडा नं १० का नेपाली कांगे्रसका सभापति टिकाराम खनाल समाजसेवी नामादेव खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ लेखनाथ गैह्रेले विद्यालयको शैक्षिक भौतिक र १ करोड १८ लाख ७ सय ५९ रुपैयाँ बरावरको आयव्याय प्रस्तुत गर्नु भएको थियो भने स्थानीय कलाकार कुशुम भण्डारी तथा विदार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक प्रेम कुमार काफ्लेले र कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


