भीरकोटमा आधुनिक तथा जैविक खेती सिकाइदै, ५ नं वडामा कृषक पाठशाला सुरु
एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालावाट कृषकहरुलाई आधुनिक तथा जैविक खेती प्रणालीवारे जानकारी गराउन भीरकोट नगरपालिकाले नगरका विभिन्न वडाहरुमा कृषक पाठशाला सन्चालन गरेको छ ।
शनिवारवाट भीरकोट नगरपालिका वाड नं ५ स्वरेक पकानमा पाठशालाको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले अहिले पनि आम किसानले परम्परागत खेती गर्दै आएको र त्यसमा लाग्ने रोग त्यसको रोकथामलगायतका विषयमा सामान्य जानकारी लिननसक्दा ठूलो क्षति व्यहोर्नु परेको बताएका थिए ।

बेला बेलामा कृषि प्राविधिकहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो खेतीपातीको हेरचाह गरे खेतीमा रोगलाग्नबाट बच्न सकिने नगरमुख खनालको भनाई थियो ।
उनले हरेक मानिसको खानपिन उस्को स्वास्थ्यसँग जोडीने भएकाले विभिन्न विषादी हालेका तरकारी लगायत अन्य वस्तु उपभोग गरे कैयौं रोगको शिकार हुनुपरेको बताउदै जैविक कृषि प्रणालीको विकास गर्नुपर्ने उनको धारणा थियो । भीरकोट नगरपालिकालाई विषादीमुक्त नगरपालिका घोषणा गर्ने योजना रहेकाले हरेक नगरवासीलाई अब अगर्यानिक खेतीतर्फ लाग्न आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले अब हरेक कृषकले परम्परागत खेतीलाई छाडेर वैज्ञानिक र आधूनिकरुपमा खेती गर्न आवश्यक रहेको भन्दै कृषक पाठशालामा सिकेको ज्ञान व्यवहारमा उतार्न कृषकहरुलाई आग्रह गरेका छन् । भीरकोटको एक घर एक करेसावारी अभियानलाई प्रभावकारी ढंगले अगाडी वढाउन नगरवासीलाई आग्रह समेत गरेका थिए ।
विउदेखि भण्डारणसम्मको सैदान्तिक तालिम मार्फत जैविक र विषादी रहित उत्पादनलाई जोड दिँदै दक्ष किसान मार्फत कसरी बजारमुखी उत्पान गर्न सकिन्छ भन्नेबारेमा प्रयोगात्मक तालिम प्रदान गरिने तालिमका सहजकर्ता डाँसीनारायण अर्यालले जानकारी दिए । (हिमदुत डटकम)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


