भीरकोटमा आधुनिक तथा जैविक खेती सिकाइदै, ५ नं वडामा कृषक पाठशाला सुरु

एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालावाट कृषकहरुलाई आधुनिक तथा जैविक खेती प्रणालीवारे जानकारी गराउन भीरकोट नगरपालिकाले नगरका विभिन्न वडाहरुमा कृषक पाठशाला सन्चालन गरेको छ ।
शनिवारवाट भीरकोट नगरपालिका वाड नं ५ स्वरेक पकानमा पाठशालाको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले अहिले पनि आम किसानले परम्परागत खेती गर्दै आएको र त्यसमा लाग्ने रोग त्यसको रोकथामलगायतका विषयमा सामान्य जानकारी लिननसक्दा ठूलो क्षति व्यहोर्नु परेको बताएका थिए ।

बेला बेलामा कृषि प्राविधिकहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो खेतीपातीको हेरचाह गरे खेतीमा रोगलाग्नबाट बच्न सकिने नगरमुख खनालको भनाई थियो ।
उनले हरेक मानिसको खानपिन उस्को स्वास्थ्यसँग जोडीने भएकाले विभिन्न विषादी हालेका तरकारी लगायत अन्य वस्तु उपभोग गरे कैयौं रोगको शिकार हुनुपरेको बताउदै जैविक कृषि प्रणालीको विकास गर्नुपर्ने उनको धारणा थियो । भीरकोट नगरपालिकालाई विषादीमुक्त नगरपालिका घोषणा गर्ने योजना रहेकाले हरेक नगरवासीलाई अब अगर्यानिक खेतीतर्फ लाग्न आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले अब हरेक कृषकले परम्परागत खेतीलाई छाडेर वैज्ञानिक र आधूनिकरुपमा खेती गर्न आवश्यक रहेको भन्दै कृषक पाठशालामा सिकेको ज्ञान व्यवहारमा उतार्न कृषकहरुलाई आग्रह गरेका छन् । भीरकोटको एक घर एक करेसावारी अभियानलाई प्रभावकारी ढंगले अगाडी वढाउन नगरवासीलाई आग्रह समेत गरेका थिए ।
विउदेखि भण्डारणसम्मको सैदान्तिक तालिम मार्फत जैविक र विषादी रहित उत्पादनलाई जोड दिँदै दक्ष किसान मार्फत कसरी बजारमुखी उत्पान गर्न सकिन्छ भन्नेबारेमा प्रयोगात्मक तालिम प्रदान गरिने तालिमका सहजकर्ता डाँसीनारायण अर्यालले जानकारी दिए । (हिमदुत डटकम)
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…