गोकुल बाँस्कोटाको ‘शिवरात्री शुभकामना’मा गाली र व्यंग्यको वर्षा
बुधबार मात्रै मन्त्री पदबाट राजिनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै शिवरात्री पर्वको शुभकामना दिए । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै बाँस्कोटाले ट्वीटरमामार्फत शुभकामना व्यक्त गरे–‘प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेकाे अडियाे बाहिरिएपछि बाँस्कोटाले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्ता अवसर तथा पर्वहरुमा यसअघि पनि उनले ट्वीटरमार्फत शुभकामना तथा सन्देश दिने गरेका थिए।
उनले शिवरात्रीको शुभकामना दिने बित्तिकै उनीमाथि गाली र व्यंग्य बर्सिएकोको छ। शुक्रबार मध्यान्हसम्म बाँस्कोटाको ट्वीटर करिब ५०० जनाले प्रतिक्रिया जनाएका छन् ।
एकाधले उनलाई शुभकामना फर्काए पनि सबैजसो उनीमाथि खनिएका छन् । कसैले उनलाई उनको काण्डसँग जोडेर शुभकामना फर्काउँदै व्यंग्य गरेका छन् भने कसैले शुभकामना दिएर शिवरात्री जस्तो पर्वलाई दूषित बनाएको प्रतिक्रिया दिएका छन् । कसैले शिवरात्रीमा गाँजा खाएर मन शान्त बनाउन सुझावसमेत दिएका छन् ।
‘शुभकामना संदेश दिएर हिन्दुहरुको महानपर्वलाई किन दुषित बनाउनुहुन्छ मु* पूर्व सञ्चारमन्त्री ज्यू ।’ सुशिल कार्कीले प्रतिक्रिया दिएका छन् ।
धेरैले उनको शैलीसँग जोडिएको ‘हेप्ने’ शब्द प्रयोग गर्दै व्यंग्य गरेका छन् । अनिल ओ पोजिटिभ नामका ट्वीटे लेख्छन्, ‘बास्कोटाको अंश ७० करोड, हामी कुल जनसंख्या ३ करोड उनले मेरो भाग पनि २३३३ रुपैँया खाने रहेछन् । गणित जान्दैन भनेर हेप्नि ?’
केपी भट्टले व्यंग्य गर्दै भनेका छन् , ‘ओके छ त आज त भेटौं न यसो मालामाल भइएकै छ क्यारे शिवको प्रसाद सँगै रमाइलो गरौ।’
सधैं आलोचकप्रति कडारुपमा प्रस्तुत हुने र तिखो प्रतिक्रिया दिने बाँस्कोटा भ्रष्ट्राचार काण्डमा मुछिएसँगै सामाजिक सञ्जालमा उनीमाथि गाली र व्यंग्यको औइरो नै लागेको छ। अन्नपुर्ण पोष्टबाट
याे पनि पढ्नुहाेस् :
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …