गल्याङ वल्पुकका कृषक समूह च्याउ खेतिमा आकर्षित
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकका किसान च्याउ खेतीप्रति आकर्षित भएका छन् । वल्पुक कृषक समूहमा आबद्व कृषकहरु च्याउ खेती तर्फ आकर्षित भएका हुन् । समूहमा आबद्व किसानहरुलाई यसअघि गल्याङ नगरपालिकाले निशुल्क रुपमा च्याउको विउ वितरण गरेको थियो । नगरपालिकाले वितरण गरेको च्याउको विउबाट घरमा खान मात्रै नभई विक्री वितरण गर्न समेत पुगेपछि कृषक समूहले अहिले आफै विउ खरिद गरी च्याउ लगाउने काम सुरु गरेको छ ।
उत्पादन राम्रो भएमा बजारको कुनै समस्या नभएको समूहका अध्यक्ष नमकला बस्यालले बताउनुभयो । १५ जना स्थानीय कृषक रहेको समूहमा अहिले व्यवसायिक रुपमा नै च्याउ खेति गर्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो ।
च्याउबाट धेरै उत्पादन गर्ने तरिकाबारे जानकारी लिदै स्थानीय कृषकहरुले च्याउको उत्पादनलाई अझै बढाउने बताएका छन् । गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालले च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिका सिकाउनुभएको थियो ।
यसअघि तालिम विना लगाइएको च्याउ खेतीबाट पनि राम्रो आम्दानी भएकोमा अब केही सिपको विकास भएकाले आफुहरुमा अझै उत्साह थपिएको समूहकी अध्यक्ष बस्यालले बताउनुभयो ।
ढकालले वल्पुुकका कृषकमा च्याउ खेती प्रति आकर्षण बढेको भन्दै उत्साही किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उहाँले किसानको आग्रहमा आफु सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सिप प्रदान गरेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


