गल्याङ नगरपालिकाले मगर दिवसका अवसरमा फागुन १५ मा सार्वजनिक विदा दिने

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकामा फागुन १५ गते विहिबार सार्वजनिक विदा हुने भएको छ । नगर कार्यपालिकाको बैठकले मगर दिवशको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आदीबासी जनजातिहरु मध्ये सबैभन्दा धेरै जनसंख्या मगर समुदायको रहेको भन्दै नेपाल मगर संघ गल्याङ नगर समितिले सार्वजनिक विदा दिन माग गरेको थियो ।
मगर संघका अध्यक्ष कुमार राना मगरले बुझाएको माग पत्रमा नेपाल मगर संघको ३८ औं स्थापना दिवशको अवसरमा विदा दिन माग गरिएको थियो ।
संघको माग र स्थानीय समुदायको चाहनालाई दृष्टिगत गर्दै सार्बजनिक विदा दिने निर्णय भएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…