स्याङ्जाको गल्याङ बजारमा मासु पसललाई व्यवस्थित बनाउने विषयमा छलफल

गल्याङ :
स्याङ्जाको गल्याङबजारमा मासु पसललाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ ।
गल्याङ नगरपालिका तीन नम्बर वडा कार्यालयको आयोजनामा गल्याङबजारका मासु व्यवसायीहरु वीच छलफल भएको हो ।
छलफलपछि गल्याङ नगरपालिकाका मासु व्यवसायीहरुको तदर्थ समिति पनि गठन गरिएको छ । मासु पसल व्यवसायीहरुको छलफलले अशोक रानाभाटको संयोजकत्वमा सात सदस्यीय मासु व्यवसायी तदर्थ समिति तदर्थ समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा हरि नेपाल, लक्ष्मणप्रसाद भट्टराई, मोहन गाहा, आनन्द कुँवर, विन्दु थापा र विष्णु श्रेष्ठ चयन हुुनुभएको छ ।
कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले गल्याङ बजारमा राम्रो मासु पाइन्छ भन्ने सन्देश दिने गरी व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको भन्दै उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएका कारण सचेत हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले अनुदानमा भर परेर व्यवसायी गर्नुभन्दा पनि आत्मनिर्भर बन्नका लागि आफै बढि परिश्रम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले स्वच्छ मासुका लागि आवश्यक पर्ने कुराहरुका बारेमा व्यवसायीहरुलाई जानकारी गराउनुभएको थियो ।
उहाँले मासु पसल सफा राख्नुपने, फरक फरक पशुका मासुुलाई फरक फरक फ्रिजमा राख्नुपर्ने लगायतका विषयमा व्यवसायीहरु सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी व्यवसायीहरुले अन्य ठाउँबाट मासु आयात गर्दा रोग पनि सँगै भित्रने भएकाले सकेसम्म आफ्नै ठाउँको मासु प्रयोग गर्न नगरपालिकाले नीति बनाउनुपर्ने बताएका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…