कोरोनाबाट बच्न सिकाउदै गल्याङ जेसिज।
आँधीखोला खबर/गल्याङ :
गल्याङ जेसीजको स्थापना दिवसको अवसर पारी सोमवार गल्याङ नगरपालिका स्थित भानुभक्त आचार्य माध्यामिक बिद्यालयमा कोरोना भाइरस सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको छ । पछिल्लो समय बिश्वलाई नै चिन्तामा पारिरहेको कोरोना भाईरसको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको हो ।
कार्यक्रममा भानुभक्त आचार्य माध्यामिक बिद्यालयका प्राध्यानाध्यापक रामकान्त पाठकले सबै बिद्यार्थीलाई आफुनो स्वास्थ्यका बारेमा सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लिला भण्डारीले कारोना भारईरसको बारेमा जानकारी गराउनु भएको थियो ।

गल्याङ जेसीजका उपाध्यक्ष ज्ञानेन्द्र पाठकको संयोजकत्वमा भएको कार्यक्रम गल्याङ जेसीजका अध्यक्ष दर्बेन्द्रदेब खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गल्याङ जेसीजका महासचिव खगेन्द्र भण्डारीले गर्नुभएको थियो ।
गल्याङ जेसिजले आफ्नो स्थापना दिवसकै अवसरमा पर्सि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ दिप प्रज्वलनको कार्यक्रम राखेको महासचिव भण्डारीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


