कोरोनाबाट बच्न सिकाउदै गल्याङ जेसिज।

आँधीखोला खबर/गल्याङ :
गल्याङ जेसीजको स्थापना दिवसको अवसर पारी सोमवार गल्याङ नगरपालिका स्थित भानुभक्त आचार्य माध्यामिक बिद्यालयमा कोरोना भाइरस सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको छ । पछिल्लो समय बिश्वलाई नै चिन्तामा पारिरहेको कोरोना भाईरसको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको हो ।
कार्यक्रममा भानुभक्त आचार्य माध्यामिक बिद्यालयका प्राध्यानाध्यापक रामकान्त पाठकले सबै बिद्यार्थीलाई आफुनो स्वास्थ्यका बारेमा सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लिला भण्डारीले कारोना भारईरसको बारेमा जानकारी गराउनु भएको थियो ।

गल्याङ जेसीजका उपाध्यक्ष ज्ञानेन्द्र पाठकको संयोजकत्वमा भएको कार्यक्रम गल्याङ जेसीजका अध्यक्ष दर्बेन्द्रदेब खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गल्याङ जेसीजका महासचिव खगेन्द्र भण्डारीले गर्नुभएको थियो ।
गल्याङ जेसिजले आफ्नो स्थापना दिवसकै अवसरमा पर्सि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ दिप प्रज्वलनको कार्यक्रम राखेको महासचिव भण्डारीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…