प्रथम गल्याङ साहित्य उत्सव सम्पन्न
नारायण बिश्वकर्मा/गल्याङ :
गल्याङ नगरपालिका–३, गल्याङबजारमा आयोजित प्रथम गल्याङ साहित्य उत्सव सम्पन्न भएको छ ।
जगत्रदेवि साहित्य सङगमले आयोजना गरेको साहित्य उत्सवमा सात वटै प्रदेशका कवि, गजलकार, मुक्तककार, कथाकार, र समालोचकहरुको उपस्थिती थियो ।
उत्सवमा साहित्य संगमले प्रकासन गरेको वागीश्वरी नामक कृतिको दोस्रो अंक लोकापर्ण गरिएको छ ।

कृति लोकार्पण गर्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले समाज परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको बताए । ‘साहित्य संगीत मानिसका सारथी हुन, मानिसको जीवनमा यसले छिटो प्रभाव पार्छ ।’ उनले भने, ‘अव साहित्य र संगीतको माध्यामबाट विदेशीएका नेपालीलाई स्वदेश फकाउन प्रेरित गर्नुपर्छ ।’
त्यस्तै स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समिरले वागीश्वरी नामक कृति विमोचन गर्दै पुस्तक भित्र समावेस भएका समाजका विभिध सवल र दुर्वल पक्षले मानिसलाई अशल मार्गमा हिड्न प्रेरित गरेको बताए ।
कार्यक्रममा धादिङ, मकवानुर, डोटी, नवलपुर, झापा, मोरङ, जाजरकोट, बैतडी, दाङ, सर्लाही, बर्दिया, अछाम, रौतहट, रुकुम, तनहुँ र स्याङजा जिल्लाका कवि, गजलकारहरुको सहभागिता थियो ।
साथै साहित्यकारहरुले आ –आफ्नो रचनाहरु पनि समारोहमा वाचन गर्नुभएको थियो ।
यसैबीच प्रतियोगितात्मक कविता वाचन प्रतियोगितामा गल्कोट माविका बसन्ती अधिकारी प्रथम भएकी छिन् ।
भने दोस्रो कालीगण्डकी गुरुकुलका प्रशान्त अधिकारी, तेस्रो भानुभक्त आर्चाय माविका आशीष अर्याल र सान्तवना भानुभक्त माविका प्रजवल भण्डारी, विन्दु पंगेनी र गल्कोट माविका विष्णु अधिकारी भएका छन् ।
साहित्य संगमका अध्यक्ष सुर्य प्रसाद डुम्रेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सह सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष नारायण प्रसाद अधिकारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


