ईयूबाट यूके आधिकारिक रूपमा बाहिर

ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।
ब्रिटेन ईयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। स्कटल्यान्डमा मैनबत्ती बालेर मानिसहरूले प्रदर्शन गरेका छन्।
त्यहाँका मतदाताले जनमतसङ्ग्रहका बेला ईयूमा रहने पक्षमा मतदान गरेका थिए।
ब्रेक्जिटका समर्थकहरूले चाहिँ लण्डनस्थित संसद् भवन अगाडि त्यसको स्वागतमा उत्सव मनाएका छन्।
प्रधानमन्त्री बोरिस जोनसनले देशलाई एकसाथ ल्याउने र नयाँ बिहानीको सुरुआत गर्ने वाचा गरेका छन्।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…