ईयूबाट यूके आधिकारिक रूपमा बाहिर
ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।
ब्रिटेन ईयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। स्कटल्यान्डमा मैनबत्ती बालेर मानिसहरूले प्रदर्शन गरेका छन्।
त्यहाँका मतदाताले जनमतसङ्ग्रहका बेला ईयूमा रहने पक्षमा मतदान गरेका थिए।
ब्रेक्जिटका समर्थकहरूले चाहिँ लण्डनस्थित संसद् भवन अगाडि त्यसको स्वागतमा उत्सव मनाएका छन्।
प्रधानमन्त्री बोरिस जोनसनले देशलाई एकसाथ ल्याउने र नयाँ बिहानीको सुरुआत गर्ने वाचा गरेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


