असल नागरिक उत्पादन गर्ने शिक्षा दिनुस् -संबिधानसभा सदस्य थापा

भवानी अधिकारी/स्याङजा :
संबिधानसभा सदस्य राजु थापाले संघमा आवद्ध शिक्षकले बालबालिकालाई भोलीका असल नागरिक उत्पादन गर्ने ब्यवहारिक शिक्षा दिन आग्रह गर्नुभएको छ । साथै, समाजका बिद्धत बर्गको रुपमा परिचित शिक्षकबर्गले नागरिकका पक्षमा सकारात्मक एवं न्यायपूर्ण काम गर्न गर्नुपर्ने बताउनुभयो ।
नेपाल शिक्षक संघ पुतलीबजारको दोश्रो नगर प्रतिनिधिसभाको यहाँ उदघाटन गर्दे संबिधानसभा सदस्य थापाले शिक्षा बिनाको मुलुकको समृद्धी असंभव भएको बताउनुभयो । मुलुकको समृद्धी र विकासमा शिक्षा पहिलो आवश्यकता भएको बताउदै सदस्य थापाले सबैको अमूल्य योगदानले ल्याएको लोकतान्त्रिक ब्यवस्थालाई मजबूद बनाउन शिक्षकको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो ।
शिक्षा र शिक्षकबर्गमा सरकारले सेवा, सुबिधा र अवसर दिनुपर्नेमा फरक राजनैतिक आस्था र बिचारमा सम्मिलित शिक्षकबर्गलाई बिना कारण मनोसामाजिक रुपमा दुख दिने काम भैरहेको गुनासो पोख्नुभयो । उहाले भन्नुभयो ‘केन्द्र र प्रदेश सरकारले शिक्षा ऐन नबनाउदै शिक्षा ऐन २०२८ कार्यान्वयनको अवस्थामा रहदा स्थानीय शिक्षा ऐन लागु गरेर स्थानीय तहबाटै शिक्षकमाथि तर्साउने काम भएको छ ।’ लोकतन्त्र र स्वतन्त्रताको बखान गरेर नथाक्नेहरुले नै शिक्षा क्षेत्रमा राजनीति गर्नका लागि टिका प्रथा सुरु गरे उहाले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले शिक्षक, अभिभाव, बिद्यार्थी र सरकारको सकारात्मक सहयोगले मात्र शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताउदै शिक्षामा सरकारले लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य द्धय देवी अर्याल र गोबिन्द रानाभाट, शिक्षक संघका प्रदेश सदस्य महेशराज रेग्मी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, शिक्षक यूनियन स्याङजाका पूर्व अध्यक्ष मुक्तिप्रसाद रेग्मी, पूर्व प्रधानाध्यापक एवं वडा अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्री, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगाा, शिक्षक महासंघका सहअध्यक्ष चिरन्जीवी लम्साल, शिक्षक महासंघका उपाध्यक्ष बन्दना लम्साल, नेपाल शिक्षक संघ जिल्ला सदस्य लेखनाथ शर्मा, संस्थागत बिद्यालयका प्रिन्सिपल सुरज अधिकारी, शिक्षक संघ नगर सदस्य उदयराज मरासीनी लगायतले शुभकामना मन्तब्य सहित शिक्षकका हक, हित, अधिकार स्थापनाका लागि सबै शिक्षकहरु एकजुट हुनु पर्नेमा जोड दिनुभयो । गुणस्तरीय शिक्षाका लागि राज्यले समयानुकुल तालिम, गोष्ठी, सेमिनार, प्रबिधी उपकरण लगायतका बारेमा प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।
शिक्षक संघ नगर अध्यक्ष शिवप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्जुन पौडेलले स्वागत एवं सचिव वेदप्रसाद बस्यालले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP