डिसहोमद्धारा बालबालिकालाई शैक्षिक सामाग्री बितरण
भवानी अधिकारी/स्याङजा :
डिसहोम सामाजिक उत्तरदायित्व अन्र्तगत बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
डिसहोम केवल नेटवर्कको सहयोग, अल्का इन्भेष्टमेन्ट स्याङजाको सहकार्य र काजिमान हरिटिका पूर्व बिद्यार्थी मंचको समन्वयमा ती शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित काजीमान हरिटीका माध्यमिक बिद्यालयमा अध्ययनरत ६० जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएकोे हो ।

‘बालबालिका पढाउ’ कार्यक्रम अन्र्तगत सामुदायिक बिद्यालयमा अध्ययरत जेहेन्दार र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउने उदेश्यले शैक्षिक सामाग्री प्रदान गरिएको डिसहोम गण्डकी प्रदेश बिक्री अधिकृत राजाराम पौडेलले जानकारी दिनुभयो ।
शिशुदेखि कक्षा ५ सम्मका बिपन्न तथा जेहेन्दार बालबालिकालाई झोला, कपी र कलम प्रदान गरिएको पूर्व बिद्यार्थी मंचका सदस्य अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।
यसैगरी, पुतलीबजार नगरपालिका ४ शिव आधारभूत बिद्यालयमा अध्ययरत २७ जनालाई बालबालिकालाई पनि शैक्षिक (झोला, कपी, कलम) सामाग्री प्रदान गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष ओमबहादुर खडका लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


