दिल्ली विधान सभा : आमआदमी ६२ र बीजेपी ८ सिटमा विजयी, कांग्रेस शून्य
भारतको राजधानी दिल्लीका लागि भएको विधान सभामा आमआदमी पार्टी ६२ सिटमा विजयी भएको छ । त्यसेगरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आठ सिटमा चित्त बुझाएको छ भने प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस शून्यमा छ ।
७० सिटका लागि शनिबार भएको निर्वाचनमा फेरि पनि पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवालको आमआदमी पार्टीले बाजी मारेको हो ।
केजरिवालले मोदी नेतृत्वका पछिल्ला कदमहरु नागरिकता संशोधन कानुन र राष्ट्रिय पञ्जिकरणको खुलेर विरोध गरेका थिए । तर, बीजेपी भने केजरिवाललाई आतंकवादीको संज्ञा दिएको थियो ।
बीजेपीले जति प्रोपागान्डा फैलाए पनि केजरिवाल नेतृत्वको आमआदमी पार्टीले सन् २०१५ को नतिजालाई करिब दोहोर्याएका छन् । सन् २०१५ मा आमआदमी पार्टीले ६७ र बीजेपीले ३ सिटमा जिता हात पारेको थियो ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरिवाल फेरि मुख्यमन्त्री बन्ने पक्का भएका छन् । उनले मंगलबार जित हात पारेसँगै हनुमान मन्दिर पुगेर दर्शन गरेका थिए ।
केजरिवाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धीलगायतका नेताहरुले बधाई दिएका छन् ।
शनिबार भएको मतदानमा ६२ दशमलव ५९ प्रतिशत मत खसेको थियो । तर, सन् २०१५ को दिल्ली विधानसभामा भने ६७ दशमलव ५ प्रतिशत मत खसेको थियो ।
उता दिल्लीमा फेरि कांग्रेसको फेरि शून्य दोहोरिएपछि दिल्ली पार्टी प्रमुख सुबास चोप्राले राजीनामा दिएका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


