दिल्ली विधान सभा : आमआदमी ६२ र बीजेपी ८ सिटमा विजयी, कांग्रेस शून्य
भारतको राजधानी दिल्लीका लागि भएको विधान सभामा आमआदमी पार्टी ६२ सिटमा विजयी भएको छ । त्यसेगरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आठ सिटमा चित्त बुझाएको छ भने प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस शून्यमा छ ।
७० सिटका लागि शनिबार भएको निर्वाचनमा फेरि पनि पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवालको आमआदमी पार्टीले बाजी मारेको हो ।
केजरिवालले मोदी नेतृत्वका पछिल्ला कदमहरु नागरिकता संशोधन कानुन र राष्ट्रिय पञ्जिकरणको खुलेर विरोध गरेका थिए । तर, बीजेपी भने केजरिवाललाई आतंकवादीको संज्ञा दिएको थियो ।
बीजेपीले जति प्रोपागान्डा फैलाए पनि केजरिवाल नेतृत्वको आमआदमी पार्टीले सन् २०१५ को नतिजालाई करिब दोहोर्याएका छन् । सन् २०१५ मा आमआदमी पार्टीले ६७ र बीजेपीले ३ सिटमा जिता हात पारेको थियो ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरिवाल फेरि मुख्यमन्त्री बन्ने पक्का भएका छन् । उनले मंगलबार जित हात पारेसँगै हनुमान मन्दिर पुगेर दर्शन गरेका थिए ।
केजरिवाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धीलगायतका नेताहरुले बधाई दिएका छन् ।
शनिबार भएको मतदानमा ६२ दशमलव ५९ प्रतिशत मत खसेको थियो । तर, सन् २०१५ को दिल्ली विधानसभामा भने ६७ दशमलव ५ प्रतिशत मत खसेको थियो ।
उता दिल्लीमा फेरि कांग्रेसको फेरि शून्य दोहोरिएपछि दिल्ली पार्टी प्रमुख सुबास चोप्राले राजीनामा दिएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


