दलित तथा उत्पिडित विद्यार्थी मञ्चको अध्यक्षमा मिलन बसेल निर्वाचित

नारायण विश्वकर्मा /स्याङ्जा :
वालिङ नगरपालिका स्थीत वालिङ वहुमुखी क्याम्पसमा आयोजित दलित तथा उत्पिडित विद्यार्थी मञ्च स्याङ्जाको प्रथम सम्मेलनबाट मिलन बसेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्षमा सुस्मिता वि.क, सचिवमा कुशल सार्की, सह–सचिवमा पम्फा परियार, कोषाध्यक्षमा मनिसा वि.क, सदस्यहरुमा प्रसाद वि.क, इश्वरी वि.क, भावना वि.क, खड्क वहादुर एसके, सरिता विक, अंकित गोतामे निर्वाचित भएका छन ।
त्यसैगरी दलित तथा उत्पिडित विद्यार्थी मञ्चको सल्लाहाकार समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा सांसद टेकु नेपाली, लिलबहादुर रनपाल, संगिता नेपाली, नारायण विश्वकर्मा र सुर्य भुजेल छन ।
सम्मेलनलाई संवोधन गर्दै संविधानसाभाकी सांसद टेकु नेपालीले दलितलाई सधैभरी आरक्षण आवस्यक नरहेको बताएकी छन । ‘आरक्षण कम्जोर वर्गलाई दिईएको छ भन्ने धेरै मानिसको वुझार्ई छ, आरक्षण सामाजिक, सांस्कृतिक र भाषीक रुपमा राज्यका विभिन्न संयन्त्रमा ऐतिहासिक सामेल हुन नपाएका मानिसको समुहलाई दिईने व्यवस्था हो ।’ उनले भनिन्, ‘दलित समुदाय पनि शैक्षिक हिसावले मजबुत र वौद्धिक बन्दै गएका छन, राज्यका विभिन्न संयन्त्रमा समान रुपले सवै सामेल भएपछि यस्तो व्यवस्था हटाउन हाम्रै समुदायबाट माग हुनेछ ।’
सम्मेलनमा सांसद नेपालीले जुन सु्कै आस्था बोके पनि दलित समुदायको पिडा एउटै भएकाले दलित विद्यार्थी एक हुनुपर्ने बताईन् । उनले आफुले भोगेका पिडालाई समाधान गर्न विद्यार्थीको जुटाई महत्वपुर्ण रहेको बताईन् । नेपालीले दलित समुदायलाई परेकोे पिडा अन्त्यका लागि विद्यार्थीले समेत रातदिन सोँचिरहनु आवस्यक भएको दावी गरिन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित कल्याण कल्याण संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपाल, मुक्ति समाज स्याङ्जाकी कोषाध्यक्ष सकुना रनपाल, अधिवक्ता संगिता नेपाली लगाएतले दलित विद्यार्थीले मेहनतका साथ अध्यन गरेर समाजमा नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन ।
त्यस्तै नयाँ पत्रिका राष्ट्रिय दैनिक स्याङ्जा संवाददाता तथा गल्याङ एफ.एमका बजार प्रमुख नारायण विश्वकर्मा, सामाजिक व्यक्तित्व अमृता नेपाली, नेपाल सरकारका शाखा अधिकृत सुर्य भुजेल लगाएतले संगठनमा ठुलो तागत हुने भन्दै विद्यार्थी मञ्चलाई जिल्ला व्यापी बनाउन सुझाव दिए ।

Facebook Comments Box
TOP