कोरोना भाइरसको नाम ‘कोभिड–१९’ : डब्लूएचओ
विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको खोप तत्काल तयार नहुने भएको छ । यो बन्न डेढ वर्ष लाग्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको हो ।
यो कोरोना भाइरसको नामाकरण समेत गरिएको छ । यसको नाम ‘कोभिड –१९’ राखिएको डब्लूएचओ ले जनाएकाे छ ।
यो कोरोना भाइरस चीनको वुहान शहरबाट फैलिएको हो । २६ देशमा फैलिसकेको छ ।
एक हजार भन्दा बढीको ज्यान गइसकेको छ । १ हजार १ भन्दा बढीको ज्यान गएको छ ।
ज्यान जाने सबै चिनियाँ हुन् । फिलिपिन्स र हङकङमा पनि १–१ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमित हुनेको संख्या ४२ हजार भन्दा बढी रहेको छ । दुई लाख मानिस निगरानीमा छन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


