गाँउगाँउमा उत्पादित बस्तुको सहज बजारीकरणका लागि वडा स्तरमा संकलन केन्द्र ।
आँधीखोला खबर/वालिङ :
गाँउगाँउमा उत्पादित बस्तुको सहज बजारीकरणका लागि वडा स्तरमा संकलन केन्द्र खोल्न थालिएको छ । वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने लक्ष्य सहित वडा—वडामा संकलन केन्द्र स्थापना गर्न शुरु गरिएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा स्तरमा संकलन केन्द्र खोल्न शुरु गरिएको हो ।
यसैवीच वालिङको वडा नम्वर ५ मा संकलन केन्द्रको स्थापना गरिएको छ । संकलन केन्द्रको उद्घाटन गर्र्दै वडा अध्यक्ष ढाकाराम पंगेनीले गाँउ—गाँउमा उत्पादित बस्तुले सहज बजार पाउने बताउनु भयो । उहाँले भन्नुभयो,“बजारको अभावमा उत्पादन सोचे जति हुन सकिरहेको थिएन अव त्यो अवस्थाबाट पार पाईने छ ।”

ठुला—ठुला बजार सम्म उत्पादित बस्तुलाई सहज रुपमा लैजान सकिने गरी बजारको च्यानल बिकास गर्न नगरपालिकालले भुमिका वडा खेल्ने अध्यक्ष पंगेनीको भनाई छ ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य जमुना केसी, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
कार्यक्रम अन्तरगत वडाका नागरिकलाई पायक पर्ने ठाँउमा प्रत्येक वडामा संकलन केन्द्र स्थापना हुने क्रममा रहेकाछन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


