चापाकोट नगरपालिकाको छैटौं नगरसभा सम्पन्न
विश्व भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको चापकोट नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।
शुक्रवार नगरपालिकाको सभाहलमा सम्पन्न हिउँदे नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख शिवकुमार गिरीले वताए ।
उनले समग्र नगर विकासको लागी दिर्घकालिन योजना सहितको कार्यक्रममा बजेट विनियोजन गर्न सबै वडा अध्यक्षहरुलाई अनुरोध गरेका छन् । नगरपालिकाको बजेट प्रभावकारी विकास हुने र विकासको अनुभुती नागरिकमा हुने खालका योजनाहरु लाई प्राथमिकता दिइने उनको भनाई थियो । नगरप्रमुख गिरीले वडा अध्यक्ष र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन दिएका थिए।

चापाकोट नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि बिस्तारै बिकास निर्माणका कामहरु भएको हुँदा जनप्रतिनिधिहरु लाई नआतिन आग्रह समेत गरेका थिए ।
न
गरसभा मा नगर कार्यपालिकाले गरेको निर्णयहरु लाई अनुमोदन गरेको छ । सभाले वडा नं ६ को वडा सदस्य बिष्णु माया बिक को शोक प्रस्ताव पारित गरेको छ ।
नगरसभाबाट केहि राजश्व परिमार्जन गरि संशोधन गरेको छ । नगरसभावाट नागरिकवाट लिइदै आएको साधारण सिफारिसको शुल्क संशोधन गरी घटाइएको छ । सभाले चालु आर्थिक वर्ष ०७६ ७७ का योजनाहरुको प्रगति को समिक्षा गर्नुकासाथै केहि योजानाहरु को रकमान्तर गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


