तेस्रो चापाकोट मेयरकप : खेल क्षेत्रको बिकासमा सबै लागौं क्षेत्रीय सभापति खाँण
अमृत वोस्ती :
तेस्रो चापाकोट मेयरकप विविध खेलकुद र विभिन्न सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति देव बहादुर खाँण ईश्वरले खेलको क्षेत्रको बिकासमा सबै पक्ष लाग्नु पर्ने बताउनु भयो । युवाबर्गमा खेल प्रती अतिनै लगाव रहेको भन्दै नेता खाँणले रोजगारीको शिलशिलामा युवा बिदेशीन बाध्य हुँदा खेल क्षेत्र नै संकटमा पर्ने हो कि भन्ने अवस्था आएको बताउनु भयो । खेल र खेलाडीह?को सहयोगको लागि आफू प्रतिबद्ध रहेको सभापति खाँणको भनाई छ ।
चापाकोट नगरपालिकाको रमणीय तथा पर्यटकीय स्थल रामडाँडामा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडा न ५ का अध्यक्ष इन्द्र बहादुर शाहीले पनि सम्बोधन गर्नु भयको थियो। नगर खेलकुद बिकास समितिको सस्थापक अध्यक्ष निर्मल राना मगरले चापाकोटलाइ खेल जगतमा आफ्नो कार्यकालमा धेरै काम भएका कुराको स्मरण गराउनु भयाे र आउने कार्यसमितिलाइ काम गर्न धेरै सहज बनाएको जानकारी दिनु भयाे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


