वुहानमा रहेका विद्यार्थी ल्याउन वाइडबडी आज चीन जाँदै, विमानस्थल अवरुद्ध हुने
काठमाडाैं : सरकारले चीनको कोरोना प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका आज (शनिबार) विमान पठाउँदै छ । पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज आज दिउँसो पौने तीन बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।
नेपाल वायुसेवा निगमको अनुसार चीनबाट आइतबार राति साढे २ बजे फिर्ता हुने सेड्युल तय भएको छ । हुवेई प्रान्तका विभिन्न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् । उनीहरूलाई विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो ।
चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ । मन्त्रालयकाे अनुसार नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजका चालक दलका १६ सदस्यसहितको टोलीलाई तालिम दिइएकाे छ ।
चीन जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १-१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।
शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालका अनुसार सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ । साथै विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा, आवश्यकताअनुसार अन्य स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने छन् ।
सचिव बरालका अनुसार चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ ।
चीनबाट ल्याइएका नेपाली नागरिकलाई विमानस्थलबाट बाहिर ल्याउँदा पनि नियमित आवात जावतको बाटो नभई अलग्गै बाटो प्रयोग गर्ने तयारी गरिएको छ । यात्रुहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ ।
चीनको वुहानबाट स्वदेश फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । चीनको वुहानबाट स्वदेश फर्किएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिने छ ।
कोरोनाको उच्च संक्रमण रहेको ठाउँबाट उद्दार गरेर ल्याएपछि कवारेन्टाइनमा राख्न लागिएका नेपाली विद्यार्थीलाई १४ दिनसम्म अभिभावकले भेट्न नपाउने भएकाे छ ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


