पुतलीबजार ५ र ७ का स्थानीयलाई झोलुङे पुलले बनायो सहजता
स्याङ्जा :
पुतली बजार नगरपालिका ५ र ७ जोड्ने एक्ले पिपलमा झोलुङे पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई अवतजावतमा सहज भएको छ । अन्धाअन्धी सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा निर्माण थालेको ३ महिनामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सन्चालनमा आएको छ ।
संघीय सरकारको ५७ लाख १८ हजार ८९ रुपैयाँ ८२ पैसा, नगरपालिकाको ३ लाख ९१ हजार ४ सय ७१ रुपैयाँ १३ पैसा र उपभोक्ताको १ लाख ३० गरी ६२ लाख ४० हजार ३ सय ६० रुपैयाँ ९५ पैसामा पुल निर्माण सकिएको हो ।
एन आकाररको दुबै छेउँमा फलामबाट ८ मिटर अग्लो एन्टिना हालेर र स्टिल डेक तथा सबै फलामका सामान हालेर बनाइएको पुल ९५ मिटर लामो छ । वर्षादमा १ घण्टा घुमेर सामान ओसार पसार, रोपाँईमा हल खेताल आहोर दोहोर, विद्यार्थी अध्ययनका लागि आवतजावत गर्न पुल निर्माणसँगै सहज भएको स्थानीय कृष्णप्रसाद रेग्मीले बताए ।
पुल निर्माणले वडा नं ५ का ढाँडे, चौर, सिम्ले, आरनडाडाँ तल्लाथर नयाँ बजार दोभान र वडा ७ को तोरादी, कुइरे, चौतारेडाँडा अर्बकुनाका स्थानीयले सुविधा पाएका छन् ।
पुल निर्माणले ४ सय ६० घरधुरीका २ हजार ४ सय ११ स्थानीय नागरिक लाभान्वित भएका छन् । पुल उद्घाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासिनीले ३ महिनामा पुल निर्माण हुनु देशकै लागि गर्भको विषय भएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य दीपक चर्तीमगर, वडा नं ७ का अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मी, वडा नं ५ का अध्यक्ष रामचन्द्र रेग्मी, अन्धाअन्धी सामुदायिक विकास केन्द्रका प्रमुख एकनारायण सापकोटा, निर्माण समितिको कोषाध्यक्ष कमलादेवी तिमिल्सिना लगायतले बोलेका थिए । हिमदुत डटकम
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


