ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालयमा महाशिवरात्री

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका स्थित ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालयले शिवरात्रीको अवसर पारेर महाशिवरात्री पर्व बिबिध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै गण्डकीप्रदेश सदस्य दिपक थापा चर्तिमगरले सबैलाई समान माया, ममता र सदभाव कायम गर्दे एकअर्काका धर्म र आस्थाप्रति सदभाव जगाउदै तन, मन र बचनले सत्कर्म गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ब्रम्हकुमारी विश्वविद्यालयले समाजमा राम्रो प्रभाव राख्न सक्षम भएको बताउदै आउदा दिनहरुमा विश्वबिद्यालयलाई सहयोग गर्र्नेे प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, वडा सदस्य शान्तिदेवी गौतम, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, व्रम्हकुमार नेत्रप्रसाद पौडेलल, व्रम्हकुमार बिनोद गुरुङ लगायतले मन शान्ति नै विश्व शान्ति हुने बताउदै सबैले तन,मन र बचनद्धारा सत्कर्म गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


व्रम्हकुमारी इश्वरीय विश्व बिद्यालयका संचालिका ब्रम्हकुमारी अम्विका दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्रम्हकुमारी पुनमले स्वागत एवं व्रम्हकुमारी लक्ष्मी पौडेलले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा झण्डोत्तोलन, वत्ती प्रज्वलन सहित शिव महारात्रीयको तात्वीक अर्थ र परमपिता परमात्माका बारेमा विश्वविद्यालय संचालिका एवं व्रम्हकुमारी अम्बिका दिदीले जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
TOP