ब्रेन ट्युमर पिडित संकर वि.कलाई आर्थिक सहयोग

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–१४ जामुनेका ब्रेनट्युमर पिडित संकर वि.कलाई आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।
सोसियल युथ ग्रुप पोखराले व्रेन ट्युमर भई विगत लामो समय देखि उपचार गराईरहेका पिडित विकलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
हस्तान्त्रण कार्यक्रममा सोसियल युथ ग्रुप पोखराकी अध्यक्ष अनु विश्वकर्माले संकरको उपचारका लागि सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको बताउनुभयो ।
‘पिडतहरुको लागि संस्थाले निरन्तर साथ दिइरहने छ ।’ उहाँले भन्नुभयो, ‘सहयोग उठाउने क्रममा साथ दिनुहुने सम्पुर्णलाई पनि धन्यवाद छ ।’ विश्वकर्माले संकरको लागि उज्जवल भविस्य र सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाँले युवाहरुलाई कुलतमा नलाग्न र सामाजिक संजलको दुरुपयोग नगर्न आग्रह गर्दै सामाजिक काममा जुटेर सवैका लागि अनुकरणीय बन्न सुझाव दिनुभयो ।
उहाँले संस्था निरन्तर सामाजिक सेवामा लागिरहेने भन्दै सोसियल युथ ग्रुपमा जोडिन आउनुहुने इच्छूकलाई स्वागत गर्न आफु आतुर रहेको बताउनुभयो ।
वडा अध्यक्ष झम्बर वहादुर श्रेष्ठले आर्थिक सहयोग जति मात्रामा ठुलो छ त्यो भन्दा ठुलो सहयोगिमन र साहानुभुती भएको बताउनुभयो । उहाँले प्रयाप्त पैसा भए संकरको उपचार सम्भव हुने भन्दै सवैलाई सहयोग गरिदिन अपिल गर्नुभयो ।

श्रेष्ठले सोसियल युथ ग्रुपको काम युवाहरुका लागि अति उदाहरणीय भएको भन्दै संस्थालाई निरन्तरता दिन र अझ समृद्ध बनान आग्रह गर्नुभयो ।
पडितका छिमेकी तिलक विश्वकर्माले सोसियल युथ ग्रुप पोखराले आर्थिक सहयोग गरेकोमा धेरै धेरै धन्यवाद दिनुभयो । ‘परिवारको अवस्था धेरै दयनिय छ, हाल सम्म जुटेका सहयोग उपचारका लागि प्रयाप्त भएन ।’ उहाँले भन्नुभयो, ‘पैसा पुगे संकरको उपचार सफल हुन्छ यस कारण अन्यलाई पनि सहयोग जुटाईदिन आग्रह गर्दछु ।’
सोसियल युथ ग्रुप पोखराकी अध्यक्ष, अनु विश्वकर्मा, सदस्यद्धय प्रकास रसाईली र सुनिल विश्वकर्मा, सल्लाहाकार दिलु मगर, वडा सदस्य टेक वहादुर थापा, सामाजिक अभियान्ता अमृता वस्याल नेपाली, पत्रकार नारायण विश्वकर्मा लगाएतको रोहबरमा सहयोग रकम हस्तान्त्रण गरिएको हो । संस्थाले हाल सम्म सात जना पिडितलाई सहयोग गरिसकेको छ ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…