विश्वप्रकाशको प्रश्न : कमरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ। बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन्।
‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,’ शर्माले ट्वीटमा लेखेका छन् ‘मुद्दा कसलाई ? विजय गच्छदारलाई।`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-All animals are equal, but some are more equal than others ।’
“श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय , एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा , मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.”
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


