स्याङ्जाका विष्णुप्रसाद गौडेल (मेक्साम) ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिए
स्याङ्जा :
स्याङ्जाका कमेडियन विष्णुप्रसाद गौडेल (मेक्साम) ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।
हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।
उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे। योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ।
फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर (खबपु) पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी मत पाएका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


