बिरुवा गाउपालिकाको छैठौ गाउँसभा सम्पन्न ।
आँधीखोला खबर/बिरुवा :
बिरुवा गाउपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ । सभाले रु ३४ करोड २१ लाख ३० हजार बराबरको संसोधित अनुमानित बजेट पास गरेको छ ।
सभामा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले हालसम्म भएका गतिबिधिको प्रगती प्रतिबेदन पेश गर्दै ३० दशमलव ५ प्रतिशत बजेट खर्छ भएकानकारी गराउनु भयो ।
उहाँले सबै वडामा अनलाइन घटना दर्ता सुरु भएको , डिजिटल हाजिरी र डिजिटल नागरिक बडापत्र सुरु भएको , प्रशासकीय भवन निर्माणको लागि ठेक्काको तयारी भएको जानकारी गराउनु भयो ।

गाँउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले पालिका संमृद्धि तर्फ अगाडि बढेको बताउनु भयो । उहाँले संघ र प्रदेश सरकारको समन्वयमा ठुलो बजेट पालिकामा भित्र्याउन सफल भएको भन्दै बिकासको काममा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । अध्यक्ष शर्माले पालिकाको समग्र बिकासका लागि आफूहरु योजना बनाएर अगाडि बढेको स्पष्ट पार्नु भयो ।गाँउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो ।
सभामा वडा न ८ का अध्यक्ष प्रकाश थापा, ६ का अध्यक्ष कृष्ण के सि ,१ का अध्यक्ष युबराज केसी , ५ का अध्यक्ष इन्द्र पौडेल लगायतले बोलेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


