बिरुवा गाउपालिकाको छैठौ गाउँसभा सम्पन्न ।

आँधीखोला खबर/बिरुवा :
बिरुवा गाउपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ । सभाले रु ३४ करोड २१ लाख ३० हजार बराबरको संसोधित अनुमानित बजेट पास गरेको छ ।
सभामा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले हालसम्म भएका गतिबिधिको प्रगती प्रतिबेदन पेश गर्दै ३० दशमलव ५ प्रतिशत बजेट खर्छ भएकानकारी गराउनु भयो ।
उहाँले सबै वडामा अनलाइन घटना दर्ता सुरु भएको , डिजिटल हाजिरी र डिजिटल नागरिक बडापत्र सुरु भएको , प्रशासकीय भवन निर्माणको लागि ठेक्काको तयारी भएको जानकारी गराउनु भयो ।

गाँउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले पालिका संमृद्धि तर्फ अगाडि बढेको बताउनु भयो । उहाँले संघ र प्रदेश सरकारको समन्वयमा ठुलो बजेट पालिकामा भित्र्याउन सफल भएको भन्दै बिकासको काममा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । अध्यक्ष शर्माले पालिकाको समग्र बिकासका लागि आफूहरु योजना बनाएर अगाडि बढेको स्पष्ट पार्नु भयो ।गाँउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो ।
सभामा वडा न ८ का अध्यक्ष प्रकाश थापा, ६ का अध्यक्ष कृष्ण के सि ,१ का अध्यक्ष युबराज केसी , ५ का अध्यक्ष इन्द्र पौडेल लगायतले बोलेका थिए ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…