मोटरसाइकल दुर्घटनामा स्याङ्जाका सहाेदर दाजुभाइको मृत्यु
पोखरा : पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर भइ हाल चाउथे बस्ने सहाेदर दाजुभाइ ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ ग१४प ५२४ नम्बरको मोटरसाइकलमा सवार क्षेत्री दाजुभाइलाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९५९५ नम्बरको बसले ठक्कर दिइ घाइते बनाएको थियो ।
घाइतेको उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


