चोरेको भैसीलाई जिपमा राखेर बजार पुर्याउनै लाग्दा………….

राधाकृष्ण डुम्रे /स्याङ्जा :
सदा जस्तै बिहानै लैनो भैसीको लागि कुँढो बसालेकी भीरकोट २ की जमुना केसी जव आगो सल्काएर गोठको फरिका खोल्नुभयो तेतीबेला उहाँको होस हवास नै उड्यो, अघिल्लो साँझ पराल घाँसको रुपमा दिएर फरिका लगाएर छाडेकी जमुनाले लैनो भैसी गोठमा नदेखे पछि अत्तालिनु भयो । उहाँले, “लौन भैसी जो छैन गोठमा” भन्दै चिच्याए पछि सबै छिमेकी पनि अचम्म मान्दै गोठमा जम्मा भए ।
त्यस्को अघिल्लो रात भीरकोट १ का मनकुमारी केसीको दुईबर्षको पाडी गोठबाट नै हरायो, मनकुमारीले सबै तिर खोजी गर्नुभयो, प्रहरीलाई गुर्हानु भयो, पाडी कता गयो कसले लग्यो, थाहै भएको थिएन । दुई रातमा दुई चोरीका घटना भए पछि प्रहरी पनि अनुसन्धानमा सक्रिय भयो । पहाडी क्षेत्रमा भैसी चोरी हुने घटना नसुनेका स्थानीय समेत त्रसित बने,


जिपमा बजार तर्फ लगिदै थियो दुवै भैसीलाई :

रातीमा चोरेको भैसी र पाडीलाई आफैले खरिद गरे जसरी चोरका गिरोहले जिपमा राखेर बयरघारी बजार तर्फ लैजादै थिए । जिपमा मज्जासँग गित सुन्दै हिडेका चोरहरु बजार आई पुग्नै लागेका थिए । भैसी खोजी गर्दै गस्ती गरिहेको प्रहरीले जिपमा भैसी ल्याएको देखे पछि रोकेर सोधपुछ शुरु गरीहाल्यो , ग १ ज ५८४१ नम्वरको जिपमा सवार अजमत अलिले शुरुमा गाँउबाट थारो भैसी किनेर ल्याएको हो, भन्दै तर्किन खोजेका थिए , भैसी हेर्दा दुहुनो जस्तो देखे पछि प्रहरीलाई संका लाग्यो र कहाँ र कसकोबाट ल्याएको हो बिबरण दिनु भन्यो, भैसी चोरी गरी ल्याएका अलिले कुनै एक जनाको नाम नै भने तर पनि प्रहरी यतीमा नै सन्तुष्ट हुन सकेन र भैसी धनी जमुना र मन कुमारीलाई भैसी भएको ठाँउमा नै बोलाईयो ।
उनीहरु दुबै जना भैसी भएको ठाँउमा आईपुग्दा भैसी चोरहरुको होस् हवास उड्यो, उनीहरुले सहजै आफ्ना भैसी चिने, भने चोरहरुले चोरी गरेको स्वीकार गरे । प्रहरीले जिप सँगै भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही स्थानका बर्ष २७ का महमद अलिलाई तत्कालै पक्राउ गर्यो ।


पहाडी क्षेत्रको नौलो घटना :
तराई क्षेत्रमा भैसी हराएको र चोरी भएको घटनाका समाचार आईरहे पनि पहाडी क्षेत्रमा यस्ता घटना प्राय सुनिदैनन् । स्याङ्जाको परिवेशमा भने यो घटना नौलो भएको स्थानीयबासी बताउछन् ।


कानुनी प्रक्रिया :
प्रहरीले भैसी चोरीमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक घिमिरेले भन्नुभयो,“चोरीको घट्नामा अन्य व्याक्तिहरु पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” भैसी चोरी गर्ने घट्नामा ठुलै गिरोह हुन सक्ने शंका उत्पन्न भएको छ,उहाँले भन्नुभयो ।
चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । नीज चोरीमा संलग्नलाई सोही अनुसारको मुद्धा चलाइएको वडा प्रहरी कार्यालयका मुद्धा शाखा प्रमुख तथा प्रहरी नायव निरिक्षक युवराज चन्दले जानकारी दिए ।

प्रहरीको सक्रियता :
घटनाको जानकारी पाउनासाथ प्रहरीले भैसी लैजान प्रयोग गर्न सक्ने सबै नाकाहरुमा गस्ती बढाएको थियो त्यस्तै वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिर नेतृत्वको टोली अनुसन्धनमा खटिएको थियो । प्रहरीले निक्कै छोटो समयमा नै चोरी भएको भैसी र चोरहरु समातिएको भन्दै जमुना र तेज बहादुरले खुसी व्यक्त गरे ।

अनुसन्धान गर्दै जाँदा तानिए गिरोहका अर्का सदस्य :
अनुसन्धानमा सक्रिय प्रहरीले गिरोहमा संलग्न भएको प्रमाणका आधारमा बिरुवा गाँउपालिका वडा नम्वर ७ का हुकाले भनिने ३८ बर्षिय बालकृष्ण सार्कीलाई पनि पक्राउ गरेको छ । भैसी सँगै पक्राउ परेका अलि द्धयको बयानका आधारमा सार्कीलाई पक्राउ गरिएको वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP