बाँसबाट बिभिन्न सामाग्री बनाउने तालिम सम्पन्न ।

आँधीखोला खबर/भीरकोट :
स्याङ्जाको भीरकोटमा बाँस प्रशोधन तथा बस्तु उत्पादन सम्वन्धी २५ दिने तालिम सम्पन्न भएको छ । तालिममा बाँसलाई प्रशोधन गरी बिभिन्न बस्तुहरु बनाउन सिकाईएको थियो ।
नेपाल हस्तकला महासंघ, उद्योग परिषद महिला उद्योग विकास समिति तथा भीरकोट नगरपालिकाको आयोजनामा तालिम गरिएको हो ।
तालिमको समापन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो,“यती राम्रा सामाग्री तालिम कै अवधीमा बनउनु भएको छ यसलाई निरन्तरता दिनुहोस् ।” उत्पादित सम्पूर्ण सामाग्रीहरु नगरपालिकाले खरीद गरिदिने भन्दै प्रमुख खनालले थप्नुभयो, “बजारको व्यवस्थापन हामी गछौं ।” उहाँले सिमित डिजाइनमा नरही फरक फरक डिजाइनमा सामाग्रीहरु बनाउन सुझाव समेत दिनुभयो । काम गर्ने व्यक्तिले श्रमको उचित मुल्य पाउनु पर्ने बताउदै नगरप्रमुख खनालले नगरपालिकाले बल्छी दिने तर माछा नदिने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,“आत्म निर्भर बन्न सबैले प्रयास गर्नुहोस् ।

वडा नं. ६ को वडा कार्यालय परिसर, भण्डारखोलामा भएको समापन कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य ,उपाध्यक्ष सनम शाक्य, समितिका सदस्यहरु सविता सिंह महर्जन र हिरा भट्टराइ, युएनडिपीका प्रतिनिधी बिजय सिंह, महिला उद्यमी विकास समिति सदस्य सन्दिपा शाक्य लगायतको उपस्थिति रहको थियो ।
कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र के.सी.,वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल , कार्यसमिति सदस्य हिरा भट्टराई लगायतको सहभागिता रहको थियो । तालिममा कस्टिङ एण्ड प्राइसिङका बिषयमा निलम ताम्राकार, बाँसको प्रशोधन र वस्तु उत्पादनको प्रशिक्षण हिरा शोभा महर्जनले गर्नु भएको थियो । (बसन्त बस्नेत-भीरकोट नगरपालिका)
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…