असीना पिडितलाई नगद सहित टिनका पाता र त्रिपाल
भवानी अधिकारी/स्याङ्जा :
असिना पिडित कोल्माबासीलाई नगद सहित राहत सामाग्री प्रदान गरिएको छ । गतबर्ष जेठको अन्तिमसाता परेको असिनापानीले कोल्माका १८ घरधुरी सहित धेरैका अन्नवालीमा क्षति पुर्याएको थियो ।
पुतलीबजार नगरपालिका वडा नं. ९ कोल्माका १८ घरधुरीलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा प्रमुख दिनेश अर्यालले कोल्मामा पुगेर संयुक्तरुपमा राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
पुतलीबजार नगरपालिकाका प्रमुख क्षेत्रीले १२ वण्डल टिन, विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ कुरुम्वाङले प्रति परिवार ५/५ हजार नगद सहित रेडक्रसका मन्त्री अर्यालले प्रति परिवार एक/एक वटा त्रिपाल प्रदान गर्नुभएको छ । यसअघि पुतलीबजार नगरपालिकाका ५० हजार मुल्य बराबरको मकैको वीउ प्रदान गरिसकेको जनाएको छ ।
असिनापानीले क्षति पु¥याएको गुनासो आएपछि वडा अध्यक्ष लीलप्रसाद गुरुङ लगायतको जनप्रतिनिधीले घरघरै पुगेर निरीक्षण गरि आवश्यकता अनुरुपको टिनका पाता उपलब्ध गराइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
असिनाले टिनका जस्तापाता प्वाल पारेको पिडितको भनाई छ । रेडक्रसले यसअघि पनि त्रिपाल लगायतको सहयोग गरेको जनाएको छ । अव पनि घर मर्मतका बेला विपद पर्न सक्ने भन्दै अहिले पनि एक÷एक थान त्रिपाल उपलब्ध गराएको रेडक्रसको भनाई छ ।
राहत बितरण कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, रेडक्रस शाखाका मन्त्री दिनेश अर्याल, कोल्मा सामुदायिक क्याम्पस प्रमुख कृष्णबहादुर गुरुङ लगायतले उपलब्ध सामाग्री राहत स्वरुप उपलब्ध गराइएको जनाउदै सहिसदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष लीलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोल्मा बराहचौर माविका शिक्षक कृष्णबहादुर गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …