अख्तियारको दोहोरो ब्यवहार बिरुद्ध नेपाल तरुण दल स्याङ्जाको बिरोध प्रर्दशन

भवानी अधिकारी/स्याङजा :
नेपाल तरुण दल स्याङ्जाले वालुवाटार जग्गा अनुसन्धान प्रकरणको बिरुद्धमा आइतवार स्याङ्जा सदरमुकामममा बिरोध रयाली प्रदर्शन गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई बदनियत तथा प्रतिशोधपूर्ण मुद्धा लगाउने निर्णयको बिरुद्धमा तरुण दलले बिरोध प्रर्दशन गरेको जनाएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित नेपाली कांग्रेसको मुख्यालयबाट निस्केको तरुण दल सहितको रयालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा पुगेर कोणसभा गरेको थियो । तरुण युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संबैधानिक निकाय भएर पनि सत्तापक्षको पृष्ठपोषण र बिपक्षी दलको खिलापमा उत्रेर दोहोरो भूमिका खेलेको भन्दै अख्तियारलाई निष्पक्षभई कानूनी कारवाही गर्न तरुण दलले माग गर्दे नारा लगाउदै नगर परिक्रमा गरेका थिए ।
वालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा (नविनको नाममा ललिता निवासको ८ आना जग्गा रहेको) लाई मुद्धा नचलाएर अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गर्ने कार्ये दुर्भाग्यपूर्ण रहेको तरुण दलका जिल्ला उपाध्यक्ष शिवशंसार श्रेष्ठले बताउनुभयो ।
वहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईको समेत संलग्नता देखिदा देखिदै पनि नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई मात्र दोषी देख्ने अख्तियारले गलत कार्य गरेको तरुण दलका सचिव चन्द्र रानाको भनाई छ । नेपाल र भट्टराई प्रधानमन्त्री रहदा पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको हुदाँ उहाहरुलाई पनि कारवाई प्रक्रिया अघि बढाईे न्यायिक निरुपण गरिनुपर्ने रानाको माग हो ।
जग्गाा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदार सहित एक सय ७५ जनालाई मुद्धा चलाएको छ भने त्यतीवेलाका प्रधानमन्त्री द्धयलाई उन्मुक्ति दिएको छ । उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन तरुण दलले शान्तिपूर्ण दबाब दिन खोजेको जनाएको छ ।


तत्कालिन अवस्थामा उपप्रधानमन्त्री रहदा गच्छदारले गरेको निर्णयका कारण हाल गच्छदारमाथि मुद्धा चलाइएता पनि वास्तविकतालाई मनन गर्दे निष्पक्ष अनुसन्धानबाट सत्यतथ्य बाहिर ल्याउन तरुणदलले आग्रह गरेको छ । जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्र माथि खतरा पुरयाउन नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनता यसका मुख्य कारक हुन । यसर्थ अख्तियार जस्तो संबैधानिक निकायले तथष्ट, स्वतन्त्र र निष्पक्षभई काम गर्न जरुरी छ नेपाली कांग्रेसका सदस्य पृथ्वी पोखरेलको भनाई छ ।
यसैगरी पूर्व उपप्रधानमन्त्री विजय गच्छदारमाथिको मुद्धालाई प्रभावित गर्दै निजलाई चोख्याउने नियतले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको गरेको विरोध होइन, भ्रष्टाचार प्रकरणमा दागी नेताहरुको उन्मुक्तिका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षि दलहरु एकभई भ्रष्टआचरण बिरुद्ध जुट्नु पर्नेमा संबैधानिक निकाय पनि पार्टीको इशारामा चल्नु दुखद रहेको नेपाली काग्रेस महासमिति सदस्य हिरा शर्माले भन्नुभयो ।
तरुण दलले शान्तिपूर्ण तवरमा दवाव सिर्जना दिनका लागि बिरोध रयाली आयोजना गरेको जनाउदै दण्डहिनताको अन्त्य र मानवअधिकार रक्षाका लागि सबैले सहयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ क्षेत्रीय सभापति तुलसीराम रेग्मी ।

Facebook Comments Box
TOP