आँधीखोला बहुप्राविधिक शिक्षालयले सार्बजनिक गर्यो आफ्नो ४ बर्षे योजना

आँधीखोला खबर/स्याङ्जा :
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३२ औ स्थापना दिवसको अवसरमा आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङले आफ्नो ४ बर्षे भावी योजना तथा रणनीति सार्बजनिक गरेको छ । वालिङ १३ मा रहेको शिक्षालयमा आयोजना गरिएको प्राविधिक शिक्षा र आँधीखोला बहुप्राविधिक शिक्षालयको भावी योजना र कार्यक्रम विषयक अन्तरक्रिमा बहुबर्षे योजना सार्बजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले अहिलेको समय प्राबिधिक बिषयको रहेको भन्दै नगरले यसलाई प्राथमिकता दिएको जानकारी गराउनु भयो । नगर प्रमुख खाँणले वालिङमा प्राबिधिक शिक्षालय संचालन हुनु आफैमा गौरवको विषय भएको बताउनु भयो । कार्यक्रममा शिक्षालय प्रमुख नवीन किशोर गैह्रेले शिक्षालयको विगत बर्तमान र भावि कार्य योजनाको बारेमा डकुमेन्ट्री प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा न १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठकले आफ्नो भनाई राख्नु भएको थियो ।
पहिलो सेमेस्टरका वडाको सिफारिस बाट आएका ७ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको शिक्षलयले जनाएको छ ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…