‘ए’ डिभिजन लिगमा मछिन्द्र बन्याे नयाँ च्याम्पियन
काठमाण्डौ : नेपाली फुटबलले नयाँ च्याम्पियन पाएको छ । जारी लिगको अन्तिम खेलमा आर्मीलाइ १-० गोलले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हाे ।
त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला भएको खेलको ३३ औं मिनेटमा मछिन्द्र क्लबले उपहार गोल पाएको हो । रञ्जित धिमालले मध्य भागबाट गरेको फ्रिकिक क्लियर गर्ने प्रयासमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गर्न पुगे ।
त्यही गोल रोक्ने प्रयासमा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । उनको कम्मरमा चोट लागेको छ र मैदानमा प्राथमिक उपचारपछि ब्लु क्रस अस्पताल लगिएको थियो । कुथुको स्थानमा विश्वास चौधरीले मैदान प्रवेश गरेका थिए । सो गोलले गर्दा मछिन्द्र क्लव च्याम्पियन बन्यो ।
जितसँगै मछिन्द्रले १३ खेलबाट ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । २०७० सालको लिगमा अहिले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका योहान कालिनले मछिन्द्रलाई लिगमा दोस्रो बनाएका थिए । त्यो नै क्लबको अहिलेसम्मको ठूलो सफलता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


