स्याङ्जामा पनि मनाईयो राष्ट्रिय योग दिवस

आँधीखोला खबर/वालिङ :
स्याङ्जामा पनि राष्ट्रिय योग दिवस मनाईएको छ । पतन्जली योग समिति स्याङ्जा र खहरे धनुवासे आयुर्वेद औषधालय वालिङको संयुक्त आयोजनामा दिवस मनाईएको हो ।
वालिङको पतन्जली भवनमा योग साधना शिविर गर्नुका साथै वालिङ बजारमा प्रभातफेरी गरिएको हो । बिहान ६ बजे योग गुरु गण्डकी प्रदेश महिला प्रभारी मैया देवि पौडेल र जिल्ला युवा प्रभारी सागर बगालेले प्रशिक्षण गर्नु भएको थियो ।

योग शिविर सन्चालन पछि बिहान नै राष्ट्रिय एकता योगको शान्दर्भिकता भन्ने नारा सहित निस्किएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात योग भवनमा पुगि सभामा परिणत भइ योग दिवस तथा योग र आयुर्वेदको बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम योग समिति स्याङजाका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा खहरे धनुवासे आयुर्वेद औषधालयका कबिराज निरिक्षक हरि अर्यालले वालिङमा आयुर्वेद र योग सेवा प्रवाह गर्ने निकाय तथा संस्थाहरु बीच समन्वय गरी सेवा प्रवाहमा सहजता ल्याउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रमको सन्चालन योग समितका सचिब खगेन्द्र प्रसाद अर्यालले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP