“पहिला देश अनि विदेश” नारा सहित भ्रमण वर्ष सफल पार्न वालिङमा पर्यटन मेला हुने
कला राना/वालिङ:
नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै २० लाख पर्यक भित्र्याउने लक्ष्यका साथ देशभरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्याङ्जाको मध्यभागमा रहेको वालिङमा समेत वण्डरफूल वालिङले “पहिला देश अनि मात्र विदेश” भन्ने नाराका साथ पर्यटन मेला २०७६ गर्ने जनाएको छ । यही माघ ९ देखि १९ गतेसम्म प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ को आयोजना गर र्न लागिएको संयोजक आशिषप्रताप खाँणले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका तथा यस आसपासका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रवर्द्धन, सम्बर्धन र विकासका लागि विभिन्न प्रयास गर्दै आईरहेको वण्डरफूलले यस वर्ष भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटन मेलाको आयोजना गरेको संयोजक खाँणले बताउनुभयो । वण्डरफूल वालिङले विगतका वर्षहरु देखि नै कल्चर, एडभेन्चर र नेचरलाई संस्थागत गर्दै पर्यटन प्रवर्द्धनका लागि यसअघि अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता समेत गरिसकेको छ ।
वालिङ ६ मिर्दिको नयाँ बसपार्कमा हुने मेलामा सूचना प्रविधि, घरेलू तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको विक्रि तथा प्रदर्शनी, होमिस्टे, बालउद्यान, खाद्यान्न, कृषि उपजको विक्रि तथा प्रदर्शनी गरी १५० स्टलहरु रहनेछन् । संयोजक खाँणले भन्नुभयो, “हामीले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्नका लागि भ्रमण वर्षको अवसर पारेर रमाईलो तथा पर्यटन मेलाको आयोजना गरेका हौँ । व्यापारीक प्रयोजनका लागी हौईन् ।” स्थानीय स्तरमा आयोजना हुने महोत्सवका कारण यहाँका विशेष गरी फेन्सी व्यापारीहरु मारमा परेको गुनासोहरु आईरहेको बेला रमाईलो तथा पर्यटन मेलामा फेन्सी प्रकृतिका व्यापार नहुँने आयोजकले जनाएको छ । मेला संयोजक खाँंणले भन्नुभयो, “मेलामा फेन्सी आईटमका व्यापार व्यवसाय हुँदैन् मात्रै हस्तकला र यहाँका स्थानीय उत्पादनहरुलाई बाहिर ल्याउने प्रयास गरेका हौँ ।”
मेला सम्पन्न गर्नका लागि आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । १० दिन सम्म चल्ने मेलामा हरेक दिन लाईभ कन्र्सट, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विच भलिबल प्रतियोगिता, लोकदोहोरी प्रतियोगितालगायतका गतिविधिहरु रहनेछन् ।
मेलामा ६२ लाख ५० हजार १ सय ११ आम्दानी गर्दै ५९ लाख खर्च गरी ३ लाख ५० हजार १ सय ११ बचत गर्ने आयोजकको लक्ष्य रहेको छ । बचत रकमले यहाँको पर्यटनको उजागर गर्दै पर्यटन प्रर्वद्धन तथा विभिन्न सामाजिक सेवामा खर्च गरिने बताईएको छ ।
पत्रकार सम्मेलनमा खेलकुद समितिका संयोजक दीपेन्दै खाँणले बीच भलिवल प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियो ।
वण्डरफुल वालिङका अध्यक्ष दिनकर नेपालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन मोहन गुरुङले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…