देशभर बदली र वर्षाको सम्भावना, तापक्रम घट्दा जाडो बढि ।

देशका अधिकांश क्षेत्रमा बलदी तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली तथा हल्का वर्षा भएको हो । शुक्रबार स्याङ्जा सहित देशका केही क्षेत्रमा हल्का वर्षा भयो ।
शनिबार पनि मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।
शनिबार देशको मध्य तथा पूर्वी भूभाग तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । यस्तै पश्चिम तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।
शनिबार राति मध्य तथा पूर्वका भूभाग तथा पश्चिम पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिम तराईका भूभागमा राति भने मौसम सामान्यतया सफा रहने छ ।
बदली तथा वर्षाका कारण अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन भएको थियो । शनिबार बिहान ६ डिग्री सेल्सियस मापन भएको छ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…