देशभर बदली र वर्षाको सम्भावना, तापक्रम घट्दा जाडो बढि ।
देशका अधिकांश क्षेत्रमा बलदी तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली तथा हल्का वर्षा भएको हो । शुक्रबार स्याङ्जा सहित देशका केही क्षेत्रमा हल्का वर्षा भयो ।
शनिबार पनि मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।
शनिबार देशको मध्य तथा पूर्वी भूभाग तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । यस्तै पश्चिम तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।
शनिबार राति मध्य तथा पूर्वका भूभाग तथा पश्चिम पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिम तराईका भूभागमा राति भने मौसम सामान्यतया सफा रहने छ ।
बदली तथा वर्षाका कारण अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन भएको थियो । शनिबार बिहान ६ डिग्री सेल्सियस मापन भएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


