उत्पादित बस्तुको बजारीकरण गर्न ११ करोडका वालिङ प्रडक्ट होल्डिङ कम्पनीको स्थापना गर्छाै : प्रमुख खाँण ।
आँधीखोला खबर/स्याङ्जा :
वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले कृषि क्षेत्रको बिकासका लागि नगरपालिकाले बिशेष कार्यक्रम शुरु गरेको बताउनु भएको छ । उहाँले ११ करोडको “वालिङ प्रडक्ट होल्डिङ” नामको संस्था स्थापना गरी कृषकले उत्पादन गरेका बस्तु तथा उद्यमीहरुले उत्पादनका गरेका उत्पादकत्वहरुको बजारको व्यवस्थापन गरिने बताउनु भएको छ ।
कृषी उत्पादन तथा बजारीकरण सम्वन्धी निजी क्षेत्र र सञ्जाल बीच अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख खाँणले आर्थिक रुपमा संबृद्ध नागरिक बनाउने अभियान आफूहरुको रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक याम बहादुर जिसीले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल,पूर्ब अध्यक्ष पुण्य प्रसाद अर्याल,दियालो संस्थाका उपाध्यक्ष बिष्णु गैह्रे,वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठ, दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, कृषि शाखाका सबिना पराजुली लगायतले बोलेका थिए ।
नगरस्तरिय कृषि सञ्जालको आयोजना तथा दियालो सुआहारा कार्यक्रमको सहयोगमा कार्यक्रम सम्पन्न भएको दियालो सुआहाराका कार्यक्रम प्रमुख ओमसुवा गुरुङले जानकारी दिनुभयो ।
सञ्जालका अध्यक्ष चोलाकान्त अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा नम्वर १४ की अगुवा कृषक माया कुँवरले र सञ्चालन शान्ती तिवारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


