वालिङ जेसिजको १६ औं पदस्थापन : युवाहरु उत्पादनमा जोडिनु पर्छ-पूर्ब राष्ट्रिय अध्यक्ष दुलाल ।
तोलाकान्त बगाले/वालिङ :
‘शासन ब्यक्तिको होईन विधिको हुनुपर्छ’ भन्ने मुल नारा रहेको वालिङ जेसीजको १६ औं पदस्थापन वालिङमा गरिएको छ । वालिङ जेसीज वर्ष २०२० का निर्वाचित अध्यक्ष होमकान्त गौतम नेतृत्वको पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।
पदस्थापन समारोहमा बोल्नुहुँदै नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलालले सफल बन्नका लागि पहिला सपना देख्नुपर्ने र देखिएको सपना पूरा गर्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले उत्पादन नबढाईकन देश धनी नहुने भएकाले अब जेसीजले उत्पादनतर्फ जोड दिनुपर्ने बताउनुभएको हो । “देशमा आयात भन्दा पनि निर्यात गर्नका लागि उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ जबसम्म उत्पादनमा हामी जोडिन सक्दैनौं र यहाँबाट निर्यात गर्न सक्दैनौं तबसम्म हामीले चाहेको समृद्धि सम्भव छैन” पूर्व अध्यक्ष दुलालको भनाई थियो ।

कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जेसीजबाट विधिको शासन र मानवतासम्बन्धी ज्ञान प्राप्त हुने भएकाले जेसीजबाट सिकेका कुरालाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । उहाँले जबसम्म हाम्रो सोँचमा परिवर्तन हुन सक्दैन तबसम्म सकारात्मक विकासमा अप्ठ्यारो हुने धारणा राख्नुभयो ।
वालिङ जेसिजले आयोजना गर्ने ‘क्षेत्र ख’ सम्मेलनको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, नगर उपप्रमुख कल्पना तिवारी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, निरुपित उपाध्यक्ष मञ्जु शाह ठकुरी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ जेसीजका पूर्व अध्यक्षहरु दिपक लम्साल, भीमप्रसाद पंगेनी, वर्ष २०१९ का अध्यक्ष राजु तिवारी, पदस्थापन कार्यक्रमका संयोजक एवं शाखा निर्देशक राधाकृष्ण डुम्रे, महासचिव ध्रुब पंगेनी, वर्ष २०२० का अध्यक्ष होमकान्त गौतम, महासचिव विश्वास लम्साल, जेसी दुर्गा न्यौपाने लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सहितका बिशेष कार्यक्रम गर्ने कार्यतालिक सार्जजनिक गर्नु भएको हो । सो अवसरमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण र उपप्रमुख कल्पना तिवारीलाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


