वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

वालिङ :
वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पुर्‍याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताइन् ।
उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताउदै उपप्रमुख तिवारीले सहकारी समुदायमा केन्द्रित संस्था भएकाले सहकार्य र सहअस्थित्वको माध्यमवाट उत्पादनमूखि बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।
उपप्रमुख तिवारीले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताउदै उनले भनिन, सामूहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको छ ।  विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको बताउदै विपन्नलाई सम्पन्न वनाउने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरेकी छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्यहरु ले.यामवहादुर गुरुङ, हुमकान्त कोइराला, रामवाच्छा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक खिलराज पाठक, छाँयाक्षेत्र मन्दीर व्यवस्थापन समितीका अध्यक्ष पिताम्वर श्रेष्ठ लगायतले सहकारीको मर्म र भावना अनुरुप सन्चालन गरी सेयर सदस्यहरुको जीवनस्तर उकास्ने भूमिकामा सहकारी हुनुपर्ने वताएका थिए ।

साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ठ कारोेवार गर्ने दुईजना लिलाकुमारी थापा र रमेश तामाङलाई सम्मान गरिएको थियो भने संस्थाको समाजिक उत्तरदायीत्व अन्तरगत संस्थाका सेयर सदस्य वालिङ १ भुम्रे निवासी सुकवहादुर दमैको दुबै मृगौला निष्कृय भई उपचाररत रहेकाले उनको उपचारमा सहयोग गर्ने उद्देश्यले रु पाँच हजार नगद सहयोग गरेको छ । भने सेयर सदस्यको सन्तती मध्ये गत वर्षको एस ई ई परिक्षामा उत्कृष्ठ छात्र छात्रा सम्मान गरेको छ । अधिस अर्याल, निकिता कोइरालाई नगद र शैक्षिक सामाग्रि सहित पुरस्कृत गरिएको थियो भने विवेक पंगेनी र सिजन पौडेललाई समेत नगद र शैक्षिक सामाग्रि सहित सान्तना पुरस्कार प्रदान गरिएको थियो ।
२०५९ सालमा स्थापना भएको यस संस्थाले १२ करोड, ५९ लाख १६ हजार ६ सय ७९ रुपैयाको कारोबार गरेको छ । ७ सय ४३ सेयर सदस्य रहेको सहकारी संस्थाको सेयर पुँजी एक करोड ९० लाख १४ हजार रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १८ लाख ४७ हजार ९ सय ५७ मुनाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ । साधारण सभामा सचिव खगेन्द्र प्रसाद अर्यालको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लिलानारायण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भिमप्रसाद पंगेनीको लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। भने संस्था संचालनका लागि निर्माण गरिएको ११ वटा नीतिहरु साधारण सभामा पेश गरी अनुमोदन समेत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष रघुपती लम्सालको स्वागत, सहसचिव गुणनीधि काफ्लेको धन्यवाद सहित सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष कर्णवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन सचिव खगेन्द्र प्रसाद अर्यालले सन्चालन गरेका थिए । साधारण सभा वालिङ नगरपालिका वाड नं ८ स्थित पतञ्जली योग भवनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP