वालिङ १० मा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु
माघ,५ वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० मदिखोलामा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत स्थानीय हरियाली महिला कृषक समुहका सदस्यहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन गर्दै वडा सचिव दिपेन्द्र गैह्रेले व्यवशायीक बन्न चाहने कृषकहरुका लागि वडाले समेत सहयोग गर्ने बताउनु भयो ।

परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने मदिखोला तरकारी तथा फलफुल बहुउद्येशीय सहकारीकी अध्यक्ष कल्पना गौतम पंगेनी, कार्यक्रमका बजारीकरण प्रमुख गंगाधर खनाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम हरियाली महिला कृषक समुहका अध्यक्ष कलादेवी डुम्रेको सभापतित्वमा र दियालोका कृषि प्राबिधिक स्वयंसेवक गोमा खनालको सञ्चालनमा सम्पन्न भएको थियो । भोलि सम्म चल्ने तालिममा कृषि प्राबिधिक गिता खनाल , शोभाकान्त पाण्डे लगायतले प्रशिक्षण दिनुहुने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


