व्यवशायीक कृषक बन्न नेपालमा राम्रो अवसर छ : वालिङ नगर प्रबक्ता काफ्ले ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले व्यवसायिक बन्न चाहने कृषकलाई नेपालमा नै प्रशस्त अवसर भएको बताउनु भएको छ । उहाँले भन्नुभयो,“व्यवसायिक बन्न चाहने र नेपालमा नै बसेर आर्थिक स्तर बढाउन चाहनेलाई अवसरै अवसर छ । ”
आजबाट वालिङ ्र१ मा शुरु भएको व्यवशायिक बाख्रा पालन प्रबिधि तालिमको उद्घाटन गर्दै अध्यक्ष काफ्लेले काम गर्न शुरु गरेको र लगनशिल भएर काम गर्ने कृषकले अनुदान लगायतका सबै खाले सहयोग पाईरहेको स्पष्ट पार्नु भयो । उहाँले स्थानीयतहको सहकार्यमा पछिल्लो समय उद्यमी बन्न ईच्छुक व्यक्तीहरुलाई उचित खालको तालिम दिन शुरु गरिएको जानकारी समेत दिनुभयो । अध्यक्ष काफ्लेले सानो-सानो पूँजीलाई एकत्रित गरी सहकारी मार्फत व्यावसायिक बनाउने अभियानमा वालिङ नगरपालिका लागि परेको बताउनु भयो ।


युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत कृषकहरुका लागि व्यवसायिक बाख्रा पालन सम्वन्धी तालिम दिन शुरु गरिएको हो ।
तालिमको बारेमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी गराउनु भएको थियो । सो अवसरमा फुलवारी टोलका अध्यक्ष खेम नारायण काफ्लेले आफ्नो भनाई राख्नु भएको थियो ।
सुनौला युवा बाखा पालन सहकारीका अध्यक्ष देव बहादुर कुँवरको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन कृषि प्राबिधिक स्वयं सेवक सीता काफ्ले रेग्मीले गर्नु भएको थियो
भोलि सम्म चल्ने तालिममा ४० जना कृषकहरुको सहभागिता रहेको छ । तालिममा वालिङ नगरपालिकाका पशु प्राबिधिक डोलराज गैह्रे, लेखनाथ अर्याल, सीता शर्मा लगायतले प्रशिक्षण दिनुहुने छ ।


यसैबीच वालिङ ९ सुर्कौदीमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । तालिममा बोल्दै वालिङ ९ का कार्यबाहक वडा अध्यक्ष दीपक श्रेष्ठले कृषकलाई आवश्यक सहयोग गर्नमा वडा प्रतिबद्ध रहेको बताउनु भयो । ३५ जनाको सहभागिता रहेको तालिममा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केश बहादुर थापा र शोभाकान्त पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box
TOP