पर्यटन प्रवर्धनको अभियान सहित वालिङमा रमाईलो मेला २०७६ शुरु ।

वालिङ :
पर्यटन प्रवर्धनको अभियान सहित वालिङमा रमाईलो मेला २०७६ शुरु भएको छ । वण्डरफूल वालिङले “पहिला देश अनि मात्र विदेश” भन्ने नाराका साथ रमाईलो मेला बिशेष कार्यक्रम शुरु गरेको हो ।


रमाईलो मेलाको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ तथा आसपासमा पर्यटकीय संभावना बोकेका स्थलहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन मेलाले टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

“सकारात्मक सोंचका साथ सबैजना एकताबद्ध भएर अगाडि बढ्यौं भने विकास धेरै टाढा छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “युवाहरु आबद्ध रहेको वण्डरफूल वालिङ नामक संस्थाले पर्यटन प्रवद्र्धनमा रमाईलो मेलाको आयोजना गरेर महत्वपूर्ण भूमिका खेलेको छ ।”

दश दिनसम्म सञ्चालन हुने मेलालाई सफल बनाउँदै यस क्षेत्रको आर्थिक स्तर उकास्ने गरी मेलालाई विकसित गर्नपनि नगर प्रमुख खाँणले सुझाव दिनुभयो ।

“वालिङ तथा समग्रमा स्याङ्जा जिल्ला लोक संगीतको उर्वर भूमि हो, लोक संगीतले मानिसमा उर्जा भर्ने गर्दछ” नगर प्रमुख खाँणले भन्नुभयो, “लोकसंगीतबाट प्राप्त उर्जाको सही प्रयोग गरी सकारात्मक सोंचका साथ अगाडि बढ्नु आवश्यक छ ।”

उद्घाटन समारोहमा नगर उपप्रमुख कल्पना तिवारीले भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आयोजना गरिएको मेलाको सफलताको शुभकामना ब्यक्त गर्दै आयोजकले राखेका उद्धेश्यहरु पूरा हुनेमा आँफू विश्वस्त रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा सकारात्मक सोंचका अभियान्ता कर्ण शाक्य, नेकपा जिल्ला सचिवालय सदस्य उदय श्रेष्ठ, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि एवं नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

वण्डरफूल वालिङका अध्यक्ष दिनकर नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ता थापाले र सञ्चालन सचिव मोहन गुरुङले गर्नु भएको थियो ।
मेलाको उद्घाटन पूर्ब बिहिबार बिहान पोखरा देखि शुरु गरिएको साईकल र्याली वालिङ सम्म आईपगेको थियो । त्यस्तै जातीय सांस्कृतिक झाँकी एवं बाजागाजा सहित वालिङ बजार परिक्रमा गरेको थियो ।


वालिङ नगरपालिका तथा आसपासका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रवद्र्धन, सम्बद्र्धन र विकासका लागि विभिन्न प्रयास गर्दै आईरहेको वण्डरफूलले भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटन मेलाको आयोजना गरिएको हो ।
वण्डरफूल वालिङले विगतका वर्षहरुदेखि नै कल्चर, एडभेन्चर र नेचरलाई संस्थागत गर्दै पर्यटन प्रवद्र्धनका लागि यसअघि अन्तर्राष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता समेत गरिसकेको छ । वालिङ ८ स्थीत नयाँ बसपार्कमा हुने मेलामा सूचना प्रविधि, घरेलू तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको विक्रि तथा प्रदर्शनी, होम स्टे, बालउद्यान, खाद्यान्न, कृषि उपजको विक्रि तथा प्रदर्शनीका बिभिन्न स्टल रहेका मेलाका संयोजक आशिष प्रताप खाँणले जानकारी दिनुभयो ।
माघ १९ गते सम्म चल्ने मेलामा, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बीच भलिबल प्रतियोगिता, लोकदोहोरी प्रस्तुति लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
मेलाबाट भएको बचत रकमले पर्यटन प्रवद्र्धन तथा विभिन्न सामाजिक सेवामा खर्च गरिने आयोजकको भनाई छ ।

Facebook Comments Box
TOP