वालिङ : दलित बस्तीमा कम्मल वितरण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका दुई गाउँमा आज कम्मल वितरण गरिएको छ । वालिङ वडा नं. १४ को लंकाकोट र ११ को प्रितिपमा २५/२५ गरी ५० वटा कम्मल तथा न्यानो कपडा वितरण गरिएको हो ।
समाजसेवी रामकुवेर देवसीको जन्मोत्सवका अवसरमा प्राप्त भएको कम्मल वितरण गरिएको हो ।
आज लंकाकोटमा आयोजित कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले न्यानो कपडा वितरण मात्रै नभई हरेक विकास निर्माणमा नगरपालिका सँगसँगै रहेको बताउनुभयो । नगर प्रमुख खाँणले आर्थिक समृद्धिको पाटोतर्फ उन्मुख हुनकालागि अब उत्पादनसँग जोडिनु आवश्यक रहेको बताउनुभयो ।
त्यस्तैगरी वालिङ ११ प्रितिपमा २५ घर परिवारलाई कम्मल वितरण कार्यक्रममा बोल्नुहुँदै वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले यस ठाउँमा न्यानो कपडा वितरणका लागि छनौट गरेकोमा धन्यवादन ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पल्लव शिक्षा निर्देशक सफलराज भण्डारी, पल्लव शिक्षाका सिर्जना पोख्रेल, वालिङ नगरपालिकाका स्मार्ट विज्ञ विज्ञान घिमिरे, वडा सदस्य उमा विक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वडा अध्यक्ष बसन्तकुमार मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका क्षेत्रीय सभापति डण्डपाणी पंगेनीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


