भिरकोट जेसीजको अधिवेशन सम्पन्न, अध्यक्षमा खाँड निर्वाचित

आँधीखोला खबर : यसै वर्ष मात्र पूर्ण स्वीकृत पाएको स्याङ्जा जिल्लाको भिरकोट जेसीजले आफ्नो स्थापना वर्षको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिवार सम्पन्न गरेको छ ।
वालिङ जेसीजको मातृत्वमा २०१८ मा प्रस्तावित बनेको यो शाखा स्थापनाका लागि वालिङ जेसीजका निवर्तमान अध्यक्ष यामपसाद अधिकारी (लक्ष्मण) को भूमिका महत्वपूर्ण रहेको थियो । जनकपुर महाधिवेशनबाट प्रस्तावित भएको शाखा रत्ननगरमा आएर पूर्ण रुपमा शाखा स्वीकृत बनेको हो । साथै भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले समेत यस शाखालाई स्थापनाकालदेखि नै महत्वपूर्ण साथ र सहयोग गर्दै आउनु भएको थियो । साथै उहाँले आगमी हरेक कार्यक्रममा सहकार्य गरेर अघि बढ्न् प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । साधारणसभाकै अवसरमा मातृ शाखाका निवर्तमान अध्यक्ष यामप्रसाद अधिकारीद्धारा सौजन्य गर्नु भएको चाँदीको चेन संस्थापक अध्यक्ष उमेश गुरुङको गलामा लगाइ दिनु भएको थियो । 

शनिवार सम्पन्न अधिवेशनले शाखाको दोस्रो अध्यक्षका रुपमा मिना खाँडलाई सर्वसम्वत निर्वाचित गरेको छ । खाँड संस्थापक कोषाध्यक्ष हुनहुन्थ्यो । शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रशुन्न मगर र सुन्दर कोइराला, उपाध्यक्षहरुमा हरि श्रेष्ठ, भरत खड्का, शुशिल खाँड र शिवप्रसाद खनाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खाँडले महासचिवमा वर्षा पंगेनी, कानुनी सल्लाहकारमा राजकुमार गुरुङ, कोषाध्यक्षमा ज्ञामा आले, सहकोषाध्यक्षमा राजकुमार विक, अध्यक्ष सल्लाहकारमा कृष्णप्रसाद पौडेल, सचिवमा विजय गुरुङ, तालिम आयुक्तमा प्रेम न्यौपाने, महिला परिचानल संयोजकमा योजना गौतम र शाखा निर्देशकमा कमल रेग्मीलाई मनोनित गर्नु भएको छ । 

शाखाका संस्थापक अध्यक्ष गरुप्रसाद गुरुङ ( उमेश)को सभापतित्व तथा भिरकोट नगरपालिकाका मेयर छायराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि भिर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा वालिङ जेसीजका निवर्तमान अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), वडा नम्बर ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, निर्वाचन आयुक्त एवम नेपाल जेसीजका पूर्व राष्टिय उपाध्यक्ष अमृत अर्याल, मातृ शाखा वालिङ जेसीजका अध्यक्ष राजु तिवारी, मातृ शाखाका २०२० का अध्यक्ष होमकान्त गौतम, गल्याङ जेसीजका अध्यक्ष शिवप्रसाद खनाललागतयको सहभागिता रहेको थियो । 

कार्यक्रममा आस्था पाठ संस्थापक कोषाध्यक्ष मिना खाँडले गर्नु भएको थियो भने शाखाको प्रतिवेदन अध्यक्ष उमेश गुरुङ, महासचिवको प्रतिवेदन प्रशुन्न मगरले पेश गर्नु भएको थियो ।
कार्यक्रमका संयोजक तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष राजकुमार गुरुङले कार्यक्रमको स्वागत गर्नुु भएको थियो भने सुञ्चालन महासचिव प्रशुन्न मगरले गुर्न भएको थियो ।

Facebook Comments Box
TOP